163Shares

पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशनका लागि संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् । यसअघि टीम नै बनाएर प्यानल घोषणाको तयारी गरेका कार्कीले अध्यक्ष पदमा मात्रै एकल उम्मेदवारी घोषणा गरेका हुन् ।

विहिवार उमेद्वारी घोषणा गरेका कार्कीले आफ्नो उमेद्वारी र दावी स्वभाविक भएको भन्दै सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको पनि बताए ।

पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशन आगामी भदौ २८ र २९ गते हुँदैछ । पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ ।

यसअघि संघको अध्यक्ष पदको लागि ३४औं अधिवेशनमा अध्यक्ष पदको प्रत्याशी रहेका अर्जुन पोखरेलले पदाधिकारीसहित उमेद्वारी घोषणा गरेका थिए ।

अर्जुन प्यानलबाट उमेद्वार बनेका उद्योगी व्यवसायी विगतमा आफ्नै टीमका भएको भन्दै कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने मनशायका साथ अघि बढेको भन्दै वक्तव्य जारी गरेका छन् ।

यसअघि पदाधिकारीको लागि उमेद्वारी घोषणा गरेका साथीहरु कार्यसमितिमा रहँदा आफैलाई काम गर्न सजिलो हुने भएको भन्दै वक्तव्यमा विगतका आफ्नै टीमका साथीहरुलाई अप्ठेरोमा पार्न नचाहेको उल्लेख गरेका छन् ।

गोकर्ण कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाव लडेको भएपनि पराजित बनेका थिए । उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा रही कार्यरत छन् ।

अर्जुन पोखरेल २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमशः उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष भएर अनुभव लिइसकेका छन् ।

163Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected