पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत क्लस्टर २ रिजन ४ जोन ७ को क्लबहरूको पदस्थापन समारोहमा चार्टर हस्तान्तरण गरिएको छ ।
डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायन्स क्लब अफ पोखरा गुडविलको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा रिटर्नी र पोखरा पिपल चौतारीद्वारा स्पोन्सर गरिएको क्लब पोखरा हवाईटको चार्टर हस्तान्तरण गरेका हुन् । पोखरा कोरिया रिटर्नीमा संस्थापक अध्यक्षमा ईश्वर बहादुर केसी र हवाईट हाउसमा सर्मिला रानाभाट संस्थापक अध्यक्ष रहेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा ताल बाराही, पोखरा पिपल चौतारी, पोखरा गुडविल, पोखरा कोरिया रिटर्नी र पोखरा हवाइट हाउसका क्लब अध्यक्ष एवं पदाधिकारीलाई गभर्नर ढुङगानाले पदस्थापित गराएका थिए ।



कार्यक्रममा लायन बर्ष २०२३/२४ का अध्यक्ष तालबाराहीका लोकेश सुनार, पिपल चौतारीका बसन्त कार्की र गुडविलका अध्यक्ष बिपिन सुवेदीले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्य प्रस्तुत गरेका थिए । त्यस्तै, लायन बर्ष २०२४/२५का अध्यक्ष हरू क्रमशः प्रकाश गिरी, बालकृष्ण न्यौपाने, डोलराज अर्याल साथै नयाँ क्लबका अध्यक्ष ईश्वर बहादुर केसी र सर्मिला रानाभाटले कार्यकाल सुरूपछि हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ पोखरा गुडविलका बर्ष २०२३/२४ का अध्यक्ष बिपिन सुवेदी र पोखरा पिपल चौतारीका बर्ष२०२४/२५ का अध्यक्ष बालकृष्ण न्यौपाने अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य बहादुर केसी पदस्थापित अध्यक्षहरूको कार्यकालको सफलता शुभकामना व्यक्त गरेका थिए ।
बर्ष २०२४/२५ का पिपल चौतारीका सचिव शुभकार उप्रेती र तालबाराहीका सचिव लेखनाथ पहारीद्वारा संचालित कार्यक्रममा लायन्स क्लब अफ पोखरा गुडविलका संस्थापक अध्यक्ष अमृत प्रसाद तिवारीले स्वागत र लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीका द्वितीय उपाध्यक्ष एसपी अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । क्लस्टर २ का क्लस्टर चिफ भावना बसेलले क्लस्टर अन्तर्गतका गतिविधि प्रस्तुत गरेकी थिईन् ।




