पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले डिष्ट्रिक्ट ३२५ आई नेपालको आफ्नो बिरासत क़ायम रहिरहने बताएका छन् ।
आइतवार क्लस्टर ४ रिजन ८ जोन १५ अन्तर्गतका क्लबहरूको पोखरामा सम्पन्न पदस्थापन समारोहमा सम्बोधन गर्दै गभर्नर ढुङगानाले डिष्ट्रिक्टले बिगतका बर्षका जस्तै आफ्नो विरासत आजसम्म क़ायम राख्दै आएको बताएका हुन् ।
पदस्थापन समारोहका प्रमुख अतिथि समेत रहेका डिष्ट्रिक्ट गभर्नर ढुङगानाले कार्यकाल सुरू गरेको दुई महिना नपुग्दै डिष्ट्रिक्टले २१ नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर गर्न सफल भई सदस्यताको हिसावले पनि पहिलो स्थानमा रहन सफल भएको बताउदै डिष्ट्रिक्टमा २१४ क्लब र ४ हजार ६ सय ८ सदस्य पुगेको बताए । यो सँगै कंट्रीब्यूसन र सर्भिसका हिसाबले पनि विश्व रेक़र्ड क़ायम गरेको बताउदै यो विरासतलाई क़ायम राख्न पर्ने हुन्छ, पहिलो पाईला होम टाउन पोखराबाट नै सुरु गर्नुपर्छ सबैको साथ र सपोर्टका रहनेमा विस्वस्त रहेको ढुङगानाले बताए ।
पदस्थापन अधिकृत समेत रहेका गभर्नर ढुङगानाले जोन १५ अन्तर्गतका क्लबहरू पोखरा अंजुली, पोखरा आरम्भ र पोखरा आस्थाका क्लब अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापित गराएका थिए । भने क्लबका नयाँ सदस्यहरूलाई डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले लायनवादको बिधि बिधानमा रही सपथ गराएकी थिईन् ।
कार्यक्रममा लायन बर्ष २०२३/२४ का अंजुलीका अध्यक्ष मिना पौडेल, आरम्भका अध्यक्ष कर्ण बहादुर गुरूङ र आस्थाका अध्यक्ष मिना कुँवरले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्य प्रस्तुत गरेका थिए । त्यस्तै, लायन बर्ष २०२४/२५का अध्यक्षहरू क्रमशः साधना थापा, होमराज अधिकारी, राधा कुँवर र नयाँ क्लब लायन्स क्लब अफ पोखरा पारामेनोका अध्यक्षले कार्यकाल सुरूपछि हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
लायन्स क्लब अफ पोखरा अंजुलीका बर्ष २०२३/२४ का अध्यक्ष मिना पौडेल र २०२४/२५ का अध्यक्ष साधना थापाले अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल र डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले पदस्थापित अध्यक्षहरूको कार्यकालको सफलता शुभकामना व्यक्त गरेका थिए ।
पोखरा आरम्भका बर्ष २०२३/२४ का सचिव पूजा सिलवाल र आस्थाका बर्ष २०२४/२५ सचिव उमिता घमालद्वारा संचालित कार्यक्रममा लायन्स क्लब अफ पोखरा आरम्भका संस्थापक अध्यक्ष गणेश बस्नेतले स्वागत र लायन्स क्लब अफ पोखरा अंजुलीका पूर्व अध्यक्ष एवं डिजी प्रोग्राम चेयरपर्सन कल्पना आचार्य बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा अंजुलीको स्पोन्सरमा गत बर्षमात्र गठित क्लब पोखरा आस्थाको चार्टर हस्तान्तरण गरिएको थियो ।