38Shares
काठमाडौं  । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यसबर्षको दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन  सकिनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  दुई  लाख  रुपैयाँसम्मको छुट प्रदान गर्ने यसमा केहि शर्तहरु लाग्ने कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग  खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
योजनाको सारांश
१ . शुन्य रनिङ्ग खर्च स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.यम.यस (PMS) पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने
२ . फ्री अटो विमा र एक्सेसरिज यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने
३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस  विक्री पछिको रिसेल भ्यालु प्रति  मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क  वारेन्टी
४ . उच्च रिसेल भ्यालु  स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने
कम्पनीका अनुसार, “ विद्युतीय र पेट्रोल  इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौं, हाम्रा ग्राहकहरूले फाइदाजनक र  झन्झट-रहित  तवरले  शुन्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ ।“ यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
नयाँ स्विफ्ट को विशेषता
. नयाँ जेड-सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्ट innovation, Technology and sustainability को उत्तम मिश्रण ।
. ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३-प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम+ (ESP®), हिल होल्ड असिस्ट, एण्टी-लक ब्रेकिंग सिस्टम (ABS), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन (EBD), र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको ।
. २२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ARKAMYS सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए & सी टाइप USB पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको ।
. चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज  दिने  ह्याचब्याक हो, जसको माइलेज २५.७५ कि.मि/लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४% वृद्धि ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।  नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो ।  नयाँ  एपिक स्विफ्ट संगै  नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।
यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।
38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected