काठमाडौं– गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ ।
भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अर्वाड कार्यक्रममा बैंक सम्मानित भएको हो । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य • लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको बैंकले महशुस गरेको छ। कार्यक्रममा बैंकका प्रमुख
कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो । सो अवसरमा आयोजित ‘ड्राइभिङ इफिसियन्सीज एक्रस द भ्यालु चेन’ विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए ।
कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरें । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत, दोर्जी कादिन, स्टेट बैंक अफ इण्डियाका चिफ जनरल’ म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजीका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रूपमा थिए। ‘