2Shares

पोखरा । पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशनको लागि आज मनोननयपत्र वितरण भएको छ । निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले मनोनयनपत्र लगेका छन् ।
वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक-एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयनपत्र लिएका छन्। वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले आंकाक्षा राखेका छन् । उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गले चाहना देखाएका छन् । कर्पोरेटतर्फको २ जना कार्यसमिति सदस्य बन्दना कार्की केसी र रामप्रसाद कँडेलले मात्र मनोनयनपत्र लिएका छन् । एक औद्योगिक सदस्यमा पनि एकनारायण गौतमको मात्र आकांक्षी छन् । उता ४ जना बस्तुगत सदस्यको लागि भने ७ जनाको आकांक्षी छन् । बस्तुगतको लागि दुर्गा बराल,नविन नापित, पूणर्शोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे( सुरेश), दीपेन्द्र कोइराला, लालप्रसाद ढकालले मनोनयन पत्र बुझेका छन् । प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यहरुका लागि १४ जनाले चाहना राखेका छन् । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी( माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ ( आशिष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले मनोनयन पत्र लगेका छन् ।
निर्वाचन कार्यक्रम अनुसार आइतबार मनोनयनपत्र दाखिला गर्ने, सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने, सोमबार दाबी विरोध प्रस्तुत गर्ने र भदौ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोही दिन उम्मेवारी फिर्ता लिने र साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected