1Shares

पोखरा भ्यूज
काठमाडौं । तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख पुरस्कार पाउने भएकी छन् । फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताए वापत उनलाई नेपाल सरकारले ६५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल-ग्रीष्मकालीन-शीतकालीन-पारारविशेष तथा  विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने प्रावधान छ ।सोही नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फ्रान्सको पेरिसमा जारी पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एक पनि खेल जित्न सकेका थिएनन् ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected