5Shares

पोखरा भ्यूज
पोखरा । वीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने सुजन गहतराज र उनका साथी पवन नेपाललाई कास्की जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलाशले उनीहरुलाई धरौटी आदेश दिन अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाएको हो ।

पोखराको बैदामस्थित नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा विद्युत सर्ट भई आगजनी भएको दावी दावी गरिए पनि प्रहरी अनुसन्धानका क्रममा वीमा रकम हत्याउन सञ्चालक गहतराज समेतले साउन १६ गतेको विहान २ बजेतिर आगजनी गरेको खुलेको थियो ।

अनुसन्धान गर्दै गर्दा सञ्चालक गहतराजले असार १५ गते हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गरेको र आगलागी भएको भोलिपल्ट साउन १७ मा २ करोड १० लाख रुपैयाँ वीमा दावी गर्दै निवेदन दिएको तथ्य फेला परेपछि प्रहरीले त्यससम्बन्धी थप अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत् कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected