पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श सेन्चुरीले तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार पोखरा–१९, लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माबि कक्षा–९ मा अध्ययनरत १ सय ४ जना विद्यार्थीलाई तनाव व्यवस्थापन सम्बन्धि अभिमुख़िकरण गराईएको थियो । सो कार्यक्रमको सहजीकरण बेथेस्दा समूहबाट गरिएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका को–चिफ एडभाईजर शान्तादेवी थापा भण्डारीले मानिस तनावरहित जीवन विताउने प्रयत्नमा हुन्छ । तर, कुनै न कुनै कारणले तनावग्रस्त बनाइदिएको हुने बताउदै त्यसलाई नियंत्रण गरी सहज बनाउन आवश्यक रहेको बताईन् ।’पक्कै पनि आफुले चाहेको जस्तो नहुँदा, सामान्य अबस्थामा रहेको आफ्नो जीबनमा नसोचेको दुर्घटना पर्दा मानिसहरुमा तनाब हुने गर्दछ। तनावको स्तर जति बढ्दै जान्छ, स्वास्थ्य स्थिति उत्तिकै नाजुक बन्ने देख़िएको थापाले बताईन् ।
डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारीले लायन्सले युवा लक्षित कार्यक्रमलाई जोड दिएको बताउदै क्लबले युवा लक्षित कार्यक्रम बिधालयमा ल्याएकोमा क्लब परिवारलाई धन्यवाद दिदै प्रायः व्यक्ति तनावको घेराबाट बाहिर हुदैनन्, सबैलाई कुनै न कुनै कारणले हुने तनावलाई पूर्णत निषेध गर्न संभव छैन तसर्थ तनावलाई निषेध होइन, व्यवस्थापन गर्ने लाग्नु पर्ने बताए ।
बिधालयका प्रधानाध्यापक केशब अम्गाईले समय सापेक्ष बिधार्थी लक्षित कार्यक्रम बिधालयमा ल्याएकोमा क्लब परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक बेथेस्दा टीमका भक्ति गुरूङ र कोपिला खातीले तनाव व्यवस्थापन गर्ने तरिका लगाएत मनलाई शान्त पर्ने तरिकाका बारेमा जानकारी सहित समाजीकरण गरेका थिए । खुशी आफै सृजना गर्ने हो भन्दै मन खुशी भए शरिरमा भएका रोगहरु समेत आधा घटेर जाने बताउदैँ सहभागीहरुको बिधार्थीको जिज्ञासाहरुलाई सम्वोधन प्रशिक्षक भक्ति गुरूङले गरेकी थिईन् ।
क्लबका अध्यक्ष भगवती थापाको अध्यक्षतामा सम्पन्न तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका क्लस्टर-४ का क्लस्टर चिफ एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री, क्लस्टर को–चिफ शोभा बानिया, क्लबका रिजन चेयरपर्सन बुद्वी बहादुर खत्री, पूर्व अध्यक्ष बिष्णुमाया बानिया, क्लबको कोषाध्यक्ष अन्जु केसीलगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।
सचेतना कार्यक्रममा तनावका कारणहरु पहिल्याएर तनाव के कारणले भएको छ र त्यसलाई कसरी व्यवस्थापन वा समाधान गर्ने भन्ने कुरा खोज्नु अत्यन्त जरुरी रहेको विषयमा जानकारी सहित विद्यार्थीलाई प्रशिक्षण दिईएको क्लबका पूर्व अध्यक्ष एवं क्लस्टर-४ का क्लस्टर को–चिफ शोभा बानियाले बताईन् ।