1Shares

पोखरा भ्यूज
पोखरा । नेकपा एमालले ४ मन्त्रालय लिएर गण्डकी प्रदेश सरकारमा सहभागी हुनेभएको छ । एमाले मन्त्रीहरुलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाएर ९ वटा मन्त्रालय कायम गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको छ ।

संघीय गठबन्धन अनुसार नै गण्डकी प्रदेशमा पनि एमाले सहितको गठबन्धन कायम गरिन लागिएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको हो ।

एमालेले ४ मन्त्रालय पाउने भए पनि कुनकुन मन्त्रालय हुन् भन्ने कुराको टुंगो लागेको छैन । मन्त्रालयको टुंगो लगाएपछि एमालले मन्त्री छान्ने समाचार स्रोतको दावी छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected