39Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर तीन, रिजन पाँच, जोन नौ को डिष्ट्रिक्ट गर्भनरस् फस्ट एडभाईजरी मिटिङ आइतवार सम्पन्न भएको

जोन चियरपर्सन हरिहर पराजुलीको अध्यक्षतामा पोखरा, लेकसाईडस्थित रोज़मेरी किचनमा सम्पन्न जोन मिटिङमा तीन वटा क्लवहरुको उत्साहजनक उपस्थिति रहेको थियो

जोन चेयरपर्सन पराजुलीका अनुसार प्रथम जोन मिटिङमा डिष्ट्रिक्ट अन्तर्राष्ट्रियले प्रथामिकतामा राखेका कार्यक्रमको प्रभावकारी कार्यन्वयन, क्लबको अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट शुल्क भुक्तानी, नयाँ क्लब गठन तथा सदस्यता वृद्धि, एलसिआईएफ लगाएत डिष्ट्रिक्टका अन्य कोषमा योगदान तथा यसको दीर्घकालीन प्रभाव, स्कुलिङ प्रोग्राममा क्लबले गरेका कमिटमेन्ट, डिष्ट्रिक्टको वेवसाईट, व्हाट्एपप्स फ़ेसबुक पेजको प्रयोग यसको प्रभावकारीता, डिष्ट्रिक्टको दोश्रो क्याबिनेट बैठकमा सहभागीता साथै ईसामे एरिया फोरममा रजिष्ट्रेसनलगाएतका विषयमा छलफल गरिएको थियो

मिटिङमा लायन्स क्लब अफ पोखरा डल्फ़िनका अध्यक्ष गोविन्द खड़काले अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदनसहितको रिपोर्ट, फरक अभियानका अध्यक्ष आदर्श मोहन भट्टराई, पोखरा ग्लोरीका अध्यक्ष श्रीराम शर्माले लायन्स बर्ष २०२४/२५ का लागि आफ्नो क्लवको रिपोर्ट प्रस्तुत गरेका थिए त्यस्तै, फरक अभियानका सचिव विजय खनाल कोषाध्यक्ष विबेक सापकोटा, ग्लोरीका सचिव विकल श्रेष्ठ कोषाध्यक्ष प्रेम बरालले पनि आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए
जोन मिटिङमा प्रमुख अतिथि डिष्ट्रिक्ट कोचिफ एड़भाईजर शान्ता देवी थापा भण्डारी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर तीन का क्लस्टर चिफ बिष्णु श्रेष्ठ, क्लस्टर कोचिफ रेश्मा शेरचन अधिकारी, रिजन पाँचका रिजन चेयरपर्सन कृष्णकुमार श्रेष्ठ लगाएतले क्लबले सम्पादन गरेका कार्य उत्कृष्ट रहेकोमा क्लब अध्यक्ष एवं पदाधिकारीलाई बधाई दिदै बाँकी कार्यको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए

सो अवसरमा डिष्ट्रिक्टको आयोजनामा सम्पन्न ड़िएलएलआईमा स्टार हुन सफल फरक अभियानका अध्यक्ष आदर्श मोहन भट्टराई, गत जुन महिनामा प्रेसिडेन्ट अफ द मन्थ हुन सफल डल्फिनका अध्यक्ष गोविन्द खड़कालाई सम्मान गरिएको थियो भने ग्लोरीका कोषाध्यक्ष प्रेम बरालको आज पर्न गएको जन्मदिनमा  केक काटि ख़ुशीयाली मनाईएको जोन चेयरपर्सन पराजुलीले बताए ।

39Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected