17Shares

पोखरा आगामी असोज १७ गते ११ औं संस्करणको ‘मिस पोखरा’ हुने भएको छ । पोखरा जेसीजको आयोजना ईभेन्ट फर यूको व्यवस्थापनमा मिस पोखरा२०२४ हुने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ 

सन् १९९५ मा पहिलो १९९९ सम्म लगातार, २०१३, २०१५ देखि २०१८ सम्म १०औं संस्करण सफ़लता साथ सम्पन्न गरी पछि रोकिएको एघारौं संस्करणको मिस पोखरा२०२४ को लागि प्रारम्भिक चरणमा जुटेको कार्यक्रम संयोजक कृष्ण सुनारले जनाए ।

ईभेन्ट फर यू को व्यवस्थापनमा हुने प्रतियोगितामा १२ कक्षा उत्तीर्ण भई २५ बर्ष उमेर ननाघेका युवा अविवाहित नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता हुन लागेको ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरूङले बताए ।

सौन्दर्य प्रतियोगिताको लागी तयारी थालिएको छ, मंगलबारदेखि नै आवेदन फर्म खुला भएको अन्तिम मिति असोज गतेसम्म रहेको संयोजक सुनारले जानकारी दिए । सो मितिसम्म १२ उत्तीर्ण गरेको १७ देखी २५ बर्ष सम्मका अविवाहित नारीहरु प्रतियोगितामा सहभागी हुन पाउने सुनारले बताए

संयोजक सुनारका अनुसार असोज  गते प्रतियोगिताका अडिसन हुनेछ प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । साथै, मिस पोखरा २०२४ ले मिस नेपालमा सिधै सहभागी हुन पाउने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । उनका अनुसार फस्ट रनर अपले ताज, ३० हजार रुपैयाँ आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन

त्यस्तै, सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्ने छन्  यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटो जेनिक, भ्यूअर च्वाईस, पपुलारिटी ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए

अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई अभिमुखीकरण परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गरिने ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए

सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले समाज रुपान्तरण युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ। यस वर्षको मिस पोखरा प्रतियोगिता पनि संस्थाको यही उद्देश्यलाई अघि बढाउँदै, युवतीहरुको व्यक्तित्व नेतृत्व विकासमा केन्द्रित हुने अध्यक्ष शर्माले बताए । १०औं संस्करणको मिस पोखरा २०१८ को उपाधी सारा बजिमयले जितेकी थिईन ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected