11Shares

महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् ।
पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन् । बिहिबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३-० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-२३ र तेस्रो सेट समेत २५-२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३-० को सोझो सेटमा हराएको थियो ।
राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमण्ड र एपिएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए । लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ । दुबै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन् । एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता डायमण्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो ।
हारपश्चात एपिएफ दोस्रो स्थानमा रह्यो । एपिएफको कुल ३ खेलबाट ६ अंक रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३-० को सोझो सेट र गण्डकीलाई ३-१ को सेटमा हराएको थियो ।
यस्तै आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६-२४ रह्यो । दोस्रो सेटमा २५-१३ र तेस्रो सेटमा २५-१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो संगै एभरेष्टले ३ खेलमा दुइ जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहारेको गण्डकी अन्तिममा रह्यो ।

उता पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लाग्यो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई
३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफले गण्डकीमाथि २५-१८, २५-२३ र २५-१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट ६ अंक छ । उता पुलिसको पनि ६ अंक नै छ । दुवै टोलीको ६-६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १-१ सेट जिते । पहिलो सेट पुलिसले २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९-२५ ले पछि पर्‍यो ।
प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३-२ को सेटमा हरायो । पहिलो सेट २५-२२ ले जितेको गण्डकीले दोस्रो सेट २१-२५ ले गुमायो । तेस्रो सेट २५-१७ जितेपनि पुनः चौथो सेटमा २४-२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५-१३ को जित निकाल्न सफल भएको हो । यो संगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।

 

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected