15Shares
पोखरा ,२० भदौ । पोखरा महानगर पालिका वडा नं १६ बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलमा साँस्कृतिक कार्यक्रम भएको छ।
नेपाली नारीको सास्कृतिक पर्व हरितालिका तीजको अवसरमा सो विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले नेपाली संस्कृति र परम्परा झल्काउने नृत्य प्रस्तुत गरेका छन्। कार्यक्रममा विद्यार्थीले कौडा, झ्याउरे, सालैजो लगायतका नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न भाकाहरु पनि सुनाएका थिए। उनीहरूले वातावरण संरक्षण केन्द्रित नाटक मौन र नेपाली पाठ्यपुस्तकमा समावेश अमरपुत्र नामक नाटक मञ्चन गरेको शिक्षक विनोद भुजेलले जानकारी दिए।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी रमेश विश्वकर्माले नियमित पठनपाठनको अलवा यस्ता कार्यक्रमले विद्यार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने बताए। शिक्षक विनोद भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक सरिता गुरूङले वावु नानीको प्रस्तुतीले लोक संस्कृतिको जगेर्नामा भुमिका निर्वाह गरेको बताईन्।
कार्यक्रम पस्चात विद्यालयले तिजको शुभकामना आदान प्रदान समेत गरेको थियो।
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/sitaldevi.jpg)
![](https://www.pokharaviews.com/wp-content/uploads/2024/09/ad-pachimanchal-5000-Rs.jpg)
15Shares
![](https://www.pokharaviews.com/wp-content/uploads/2025/01/nyayika-suchana.jpg)
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।