63Shares

पोखरा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको आउँदो शुक्रवार शनिवार पोखरामा हुने दोस्रो क्याविनेट मिटिङलाई तीव्र बनाईएको

आईतवार दोस्रो क्याविनेट बैठकका मूल आयोजक समितिका संयोजक डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना  पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको बिशेष उपस्थितिमा सम्पन्न भेलामा मिटिङका लागि गठित विभिन्न १९ उपसमितिका संयोजकहरुले आफ्नो कार्य प्रगतिको बिवरण पेश गरेका छन

दोस्रो क्याबिनेट बैठक सम्पन्न गर्नका लागि भट्टराई संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ भने समितिको सहसंयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त फ़ाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल, सचिवमा, कोषाध्यक्ष सहसचिवमा डिष्ट्रिक्टका कोचिफ एडभाईजरहरू क्रमशः ऋषि गिरी, शान्ता थापा भण्डारी र अमृत शोभा खत्री रहेका छन्

आवश्यक तयारीको लागि बिभिन्न १९ वटा उपसमितिले आफ्नो जिम्मेवारीलाई पूर्णता दिएको सहसंयोजक हरिराज पन्तले जानकारी दिए
बिभिन्न १९ वटा उपसमिति मध्ये रजिस्ट्रेसन संयोजकमा शान्ता देवी थापा भण्डारी  सदस्यहरुमा क्लस्टर चिफहरू, गण्डकी एरियाका रिजन चेयरपर्सन जोन चेयरपर्सन सदस्य रहेका छन्

पोखरा एरियामा रहेका अधिकांश क्लब अध्यक्षसहितको डिष्ट्रिक्ट पदाधिकारीको भेलामा ७०० बढ़ीको प्रतिबद्वता आएको छ भने रजिष्ट्रेसनको अन्तिम दिनसम्म काठमांडौंसहित धवलागिरी क्षेत्रको समेत गरी १५ सय बढ़ीको सहभागिता रहने भण्डारीले बताईन् ।

अर्थ एवं बिज्ञापन संकलन तथा ब्यबस्थापन समिति संयोजकमा सुर्य नारायण बराल र स्मारिका प्रकाशन समितिमा संयोजक अमृत शोभा खत्री, किट ब्याग ब्यबस्थापनमा संयोजक हरिराज पन्तले हालसम्मको तयारी बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यस्तै, होटल ब्यबस्थापन संयोजक भिष्मराज पौडेल, भोजन ब्यबस्थापन संयोजक शिव बहादुर खड्कास्वास्थ्य ब्यबस्थापन संयोजक राम प्रसाद गुरुङले तयारी सम्बन्धमा आफ्ना भनाई राखेका थिए ।
यसैगरी, सचिवालय ब्यबस्थापन समितिमा संयोजकमा ऋषि गिरी, स्वागत सत्कारमा संयोजकमा बसुधा भट्टराई, हल तथा स्टेज ब्यबस्थापन संयोजक युवराज खनाल, प्रचार प्रसार संयोजक टंकराज अधिकारी, यातायात तथा ट्राफिक ब्यबस्थापन संयोजक सुदिप राज ढुंगाना, सांस्कृतिक तथा मनोरञ्जन संयोजक सुरेन्द्रमान शिंह भण्डारी, भिडियो तथा फोटो डिलाराम लामिछाने, स्टल ब्यबस्थापन संयोजक रहमोहन सुवेदी मायाको चिनो ब्यबस्थापन गंगा बिलाश लोहनीसहितका संयोजकहरूले पनि आफु संयोजक रहेको समितिको तयारी सम्बन्धमा आ-आफ्ना भनाई राखेका थिए ।
डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको यस बर्षको नारामानवता पहिलो प्राथमिकताअन्तर्गत रहेर सेवाका कार्यक्रमहरु अगाडि बढाइरहेको बताउदै डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धिप्रति प्रसन्नता व्यक्त गरेका थिए ।
सय १४ वटा लायन्स क्लब आवद्ध रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालमा सदस्य संख्या हजार सय बढीरहेको डिष्ट्रिक्ट सेवा सदस्यताका हिसावले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए । 

दोस्रो क्याविनेट मिटिङ मूल आयोजक समितिका सदस्य सचिव ऋषि गिरीको संचालनमा रहेको तयारी भेलामा निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले क्याविनेट मिटिङ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक सुझावसहित मन्तव्य राखेका थिए ।

63Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected