32Shares

पोखरा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर , रिजन अन्तर्गत जोन १५ को पहिलो जोन मिटिङ विभिन्न वटा एजेन्डामा केन्द्रित रही मंगलवार सम्पन्न भएको

जोन १५ का जोन चेयरपर्सन सकुन्तला केसीको अध्यक्षतामा सम्पन्न मिटिङमा डिष्ट्रिक्ट अन्तर्राष्ट्रियले प्राथमिकतामा राखेका कार्यक्रमको प्रभावकारी कार्यन्वयन, क्लबको अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट शुल्क भुक्तानी, नयाँ क्लब गठन तथा सदस्यता वृद्धि, एलसिआईएफ लगाएत डिष्ट्रिक्टका अन्य कोषमा योगदान तथा यसको दीर्घकालीन प्रभाव, स्कुलिङ प्रोग्राममा क्लबले गरेका कमिटमेन्ट, डिष्ट्रिक्टको वेवसाईट, व्हाट्एपप्स र फ़ेसबुक पेजको प्रयोग यसको प्रभावकारीता, डिष्ट्रिक्टको दोश्रो क्याबिनेट बैठकमा सहभागीता साथै ईसामे एरिया फोरममा रजिष्ट्रेसन लगाएतका विषयमा छलफल गरिएको थियो
बैठकमा जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा अन्जुली, पोखरा आरम्भ, पोखरा आस्था  पोखरा पारामेनो अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको सहभागीता रहेको थियो
बैठकमा लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष साधना थापा, सचिव माया थापा कोषाध्यक्ष गिता गुरूङ साथै पोखरा आस्थाका अध्यक्ष मिना खत्री कुँवरले (अध्यक्ष, सचिव कोषाध्यक्षको प्रतिवेदन) क्लबले हालसम्म सम्पादन गरेका कार्य बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए

लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन केसीले बताईन्

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्रमोहन भट्टराईले लायन्सले हालसम्म गरेका गतिबिधि बारे प्रकाश पारेका थिए । भट्टराईले लायन्स क्लबले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै सामाजिक कार्यलाई निरन्तरता दिई सूझाएका थिए ।

बैठकमा डिष्ट्रिक्टका सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्तले डिष्ट्रिक्ट सचिवालयका महत्वपूर्ण सूचनासहित क्लबले गर्नुपर्ने काम कर्तब्य सम्बन्धि जानकारी गराएका थिए

बैठकमा कोचिफ एडभाईजर अमृतशोभा खत्री, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर चिफ डिल बहादुर थापा, रिजन चेयरपर्सन निरा कोईरालालगाएतले क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्ने काम, कर्तव्य उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए

कार्यक्रममा ग्लोबल कजेज चेयरपर्सन बिना पाईजा, ड़िजी प्रोग्राम चेयरपर्सन कल्पना आचार्य बास्तोला, सान्तवना पराजुली, गणेश बस्नेत, जोन १६ का जोन चेयरपर्सन सुरेश न्यौपाने, अन्जुलीका द्वित्तिय उपाध्यक्ष पूजा सिलवाललगाएतको उपस्थिति रहेको थियो

32Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected