डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट मिटिङको पहिलो दिनको बिजनेश सेसन सम्पन्न

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट मिटिङ अन्तर्गत पहिलो दिनको बिजनेश सेसन शुक्रवार एसआर के.सी. बेन्क्यूईट माटेपानी पोखरामा सम्पन्न भएको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न मिटिङमा डिष्ट्रिक्टका आईपिडिजी, भाईस डिष्ट्रिक्ट गभर्नर, पिडिजी, क्याविनेटका सिनियर लिडरसहित २५० बढी क्याविनेट अफिसरको सहभागितामा सम्पन्न भएको हो ।

पहिलो दिनको बिजनेश सेसनमा हालसम्म सम्पादन गरिएका कार्यको समीक्षा सहित भावी कार्यक्रमका बारेमा छलफलसहित विभिन्न एजेन्डामा छलफल गरिएको थियो । शनिवार पोखरा सभागृहमा सम्पूर्ण लायन्स सदस्य सम्मिलित खुला सत्र हुनेछ ।



कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले आफ्नो कार्यकालको २ महिना १२ दिनमा लायन्स अन्तर्राष्ट्रिय फोरममा प्रतिबद्वता जनाए भन्दा धेरै भन्दा धेरै कार्य सम्पादन गर्न सफल भएको बताए।

सम्पूर्ण लायन्सहरुको सहयोगबाट डिष्ट्रिक्टलाई सफल डिष्ट्रिक्टको रुपमा लायन्स अन्तराष्ट्रियमा स्थापित गराउन मद्दत पुगेको बताउँदै अति नै उत्कृष्ट ढंगले डिष्ट्रिक्ट अगाडी बढ़ेको समेत जानकारी गराए । उनले भने, ‘बोलेका कुराहरू व्यवहारमा परिणत भएका छन्, आगामी दिनका लागि चुनौती थपिएका छन, यसलाई कायम राख्न सक्ने की नसक्ने ?’ बताए ।
क्लब एक्सटेन्सनमा विश्वमा र मेम्बरशिप ग्रोथ मल्टीपलमा नम्बर एक भएको गर्भनरले जानकारी दिदैं ढुंगानाले डिष्ट्रिक्ट रि–डिष्ट्रिक्टीङ पछि कहिले पनि दोस्रो नभएको बताउदै क्लब एक्सटेन्सन र मेम्बरशिप ग्रोथ मात्र नभई सर्भिसका हिसाबले पनि डिष्ट्रिक्ट एक नम्बरमा रहन सबै लायन्स लिडरको सहयोग साथ पाईराख्ने विश्वास व्यक्त गरे ।
यस बर्ष डिष्ट्रिक्टको नारा मानवता पहिलो प्राथमिकता अन्तर्गत उल्लेख्य सेवाका कार्य भएको बताउदै गभर्नर ढुंगानाले मुख्य प्राथमिकतामा राखिएका अपाङगता हाम्रो आत्मीयता, भोकालाई भोजन अनुरूप प्रत्येक क्लबमा फुड बैकको स्थापना, त्यस्तै सामाजिक रूपान्तरणमा युवाको अभियान अन्तर्गत युवालाई लायन्ससँग जोडने कार्यक्रम लायन्स पाठशाला क्लोथ बैक, साइवर अपराध सचेतना र नैतिक शिक्षा लगाएतका कार्यक्रमले चलायमान र सक्रिय बनाउन सहयोग मिलेको बताए ।
उत्कृष्ट सेवाका कार्यहरूले गर्दा अन्य डिष्ट्रिक्टको तुलनामा निकै नै उत्कृष्ट डिष्ट्रिक्ट भएको प्रमाणित भइसकेको बताउदै कार्यकाल सुरूवातको दिनमा ३२ वटा क्लबको चार्टर्ड प्राप्त गर्न सफल रहेको र हाल डिष्ट्रिक्टमा २२४ क्लब ४ हजार ८ सय ४३ लायन सदस्य रहेको जानकारी गराए ।
प्रमुख अतिथि लम्सालले १०२ दिनको छोटो अवधिमा डिष्ट्रिक्ट गभर्नरको सफल नेतृत्वले नेपालका सबै लायन्सलाई गौरव महसुस गर्ने वातावरण बनेको बताए । हिजोको सफलता हाम्रो इतिहास हो । ‘एम्बास्डर अफ गुडविल अवार्ड’ देख़ि ‘जेसी रोविंन्सन कप’ हाम्रो ऐतिहासिक उपलब्धि हो, फेरी पनि यो अवार्ड चुम्ने हो भने स्क़ुलिङमा प्रोग्राममा क्लबले गरेका प्रतिबड्वता पूरा गरे सम्भव रहेको लम्सालले बताए । प्राप्त अवार्ड डिष्ट्रिक्टको इतिहास भएको स्मरण गराउदै लम्सालले यो ऐतिहासिक उपलब्धिलाई क़ायम राख्दै यस बर्ष पनि यी भन्दा ठुला अवार्ड हात पार्न बर्षको अन्तसम्म यहि सक्रियता र योगदानको अपेक्षा गरेको भनाई राखे ।
क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीको संचालन रहेको कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललगायतले डिष्ट्रिक्ट ३२५ आई नेपाल सबै हिसावले डिष्ट्रिक्टलाई विश्वसामु चिनाउन सफल रहेकामा डिष्ट्रिक्ट गभर्नर सबैको आशाको केन्द्र बिन्दु रहेको बताएका थिए ।
क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले डिष्ट्रिक्टले सम्पादन गरेका प्रगति प्रतिवेदन र ट्रेजररको पवित्रराज तिवारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै बिभागिय प्रमुखहरू फ़ुड बैकका हरिराज पन्त, लायन्स पाठशालाका शान्ता देवी थापा भण्डारी, अपाङगतासँग आत्मीयताका अमृत शोभा खत्री, ब्लड डोनेशनको प्रतिवेदन राजु चालिसे र युवराज खनाल, ह्यूमानिटी फस्ट ऋषि गिरी, रिपोर्टिंगको पदमलाल सापकोटा र प्रमोदनिधि तिवारीलगाएतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्लस्टर प्रमुखहरू १ देखि १२ सम्मका क्रमशः १ का खाम बहादुर पुन, २ का को–क्लस्टर चिफ शुशील पौडेल, ३ का बिष्णु श्रेष्ठ, ४ का दिल बहादुर थापा, ५ का नग़ेन्द्रराज बराल, ६ अनिता थापा बिष्ट, ७ का धिरज श्रेष्ठ, ८ का को– क्लस्टर चिफ सरिता श्रेष्ठ, ९ का लक्ष्मी प्रसाद कट्टेल, १० का पृथ्वीराज अर्याल, ११ का संगीता थापा केसी र १२ का शारदा न्यौपानेले को–क्लस्टर चिफ, रिजन चेयरपर्सन र जोन चेयरपर्सनका साथमा क्लबले त्रैमासिक प्रतिवेदन प्रस्तुती गरेका थिए । क़ार्यक्रममा लायन्स लिडरहरू लक्ष्मी प्रसाद कट्टेल, अर्जुन पौडेल ‘ निर्जन’, नगेन्द्र राज बराल लगाएतले आ–आफ्ना जिज्ञासा राखेका थिए । उठेका जिज्ञासाको जवाफ डिष्ट्रिक्ट गभर्नरले जवाफ दिएका थिए ।
मिटिङ समापन पश्चात लायन्स अन्तर्राष्ट्रिय गुठी (एलसिआईएफ) मा १ हजार डलर योगदान गर्नु हुने ४४ जना अन्य गरी ७४ लायन्स लिडरलाई सम्मानित गरिएको थियो ।
आज नै जन्मदिन परेका लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ सुदीप राज ढुङगानाको केक काटेर जन्मदिन पनि मनाईएको थियो ।




