पोखरा । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले पछिल्लो समय व्यवसायी पलायन बढ्दै गएको बताएका छन् ।
पोउवासंघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी पलायन हुँदा सटरहरु खाली हुँदै गइरहेको र यसको समाधान संघले गर्न सक्ने बताए ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका कार्कीले संघ सद्यैं उद्योगी र व्यवसायीको अधिकारका लागि अघि बढिरहेको संस्था रहेको र यसको गरिमा घट्दै गएका कारण त्यसको साखँ जोगाउन समेत अत्यावश्यक रहेको बताए ।
उद्योगी तथा व्यवसायीसँग राज्यले विभिन्न बहानामा करण उठाउँदै आएको र त्यसका लागि संघले वुलन्द आवाज उठाउन अत्यावश्यक रहेको उनको भनाइ थियो । कार्कीले आफु नेतृत्वमा आए निजि क्षेत्रको समस्याका बारेमा राज्यलाई खबरदारी गराउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संघ व्यवसायको क्षेत्रमा मात्रै नभइ सामाजिक क्षेत्रमा समेत अग्रसर रहेकाले सबैको उत्थानका लागि लागेको सुनाउँदै आगामि दिनमा समेत त्यसरी नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा पर्यटकीय राजधानी भएपश्चात अब पोखराबाटै अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भएतापनि भ्रष्टचार लगायत विभिन्न कारणले उडान हुन सकेको छैन् । यस्तै गण्डकी प्रदेशमा चिन र भारतबाट समेत सोझै सामानहरु आयात निर्यात गर्ने वातावरण बनाउने र कोरला नाकाबारेमा सक्दो चाडो छलफल गरि अघि बढ्ने कार्कीले बताए ।