६० औँ बाल दिवस : बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफुल वितरण
पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिककोपहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाकोस्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह/अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविरसम्पन्न भएको हो ।
शिविरमा जन्मजात खुट्टाको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएकोबांगो, हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका, हड्डी पाकेर पिपआईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो । त्यस्तै शिविरमाऔलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुस्किएको, सहायकसागम्री तथा कुत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएकाबालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाकाशालिकराम तिमिल्सिनाले जानकारी दिए ।
शिविरको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्माअपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् । उनले उपचार र परीक्षणका लागिबनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमास्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर ८का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकासमहाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुरुङले बोलेका थिए ।
यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलटवितरण गरिएको छ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकासमहाशाखाले सुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरामहानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुल हस्तान्तरण गरिन्।
उनले दिवसको अवसरमा बाल सुधार गृह अनुुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएकोबताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरीने बताउदै अहिले आवश्यकताबारे वाडेनसंग छलफल र अनुगमन गरिएको बताइन् । बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुधारगृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबलकुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुधार गृहमा ११० जना बालकहरुरहेका छन् । सुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए ।