काठमांडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड़ १३ लाख आर्थिक सहयोगमा निर्मितभक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय भवन उद्घाटन गरिएको छ ।
विद्यालय भवनको प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुरथापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीयराजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले सोमवार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो । नेपाल–भारत विकाससहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयलाई आवश्यकअन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको भारतीय राजदुतावास काठमांडौंद्वाराजारी विज्ञप्तिमा जनाईएको छ ।



भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिकविकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत योपरियोजनाको कार्यान्वयन गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताकाक्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसागरेका थिए ।
सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुनसन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येमा पर्दछ। नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् ।
विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ । साथै सिकाइको राम्रोवातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्याउँनेछ ।नजिकको छिमेकी भएको नातालेभारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकासपरियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारकोविस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाईप्रतिबिम्बित गरेको छ ।



