२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

विभूति शिक्षा सदनकी रीयाना थापालाई स्टार्स चित्रकला प्रतियोगिताको उपाधी

पोखरा । पोखरामा आयोजित ‘माध्यमिक तहका विद्यार्थीबीचको स्टार्स चित्रकला प्रतियोगिता २०८१’को उपाधि विभूति शिक्षा सदन स्कुल कक्षा ९ मा अध्ययनरत रीयाना थापाले जितेकी छन् । कुल ३४ जनाले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट बनेकी थापाले १० हजार रुपैयाँ हात पार्नेछिन् ।

प्रतियोगितामा कुम्दिनी होम्स मावि कक्षा ११ मा अध्ययनरत अविश्ना पालिखे फस्ट रनर्स अप भएकी छन् । पालिखेले ७ हजार रुपैयाँ पाउनेछिन् । सेकेन्ड रनर्स अप बनेकी एसओएस हर्मोन माइनर स्कुल कक्षा ९ मा अध्ययनरत जेसिका श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
थर्ड रनर्स अप बनेका भास्कर मेमोरियल स्कुल कक्षा ९ मा अध्ययनरत सुवाश्ना गुरुङ र वेसलाइन एकेडेमी स्कुल कक्षा १० मा अध्ययनरत सोफिया रसाइलीले जनही नगद २ हजार ५ सय रूपैयाँ पाउनेछन् ।
स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजनामा भएको थियो । वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिकलगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाइने भए पनि ‘हाम्रो संस्कृति’ शीर्षकको भाव अनुसार तयार पार्नुपर्ने नियम राखिएको थियो । जसमा मौलिक चित्रले प्राथमिकता दिइएको बताइएको छ । यो प्रतियोगिता पोखरा १ पुरानो टुँडिखेलमा रहेको अञ्जुली बोडिङ स्कुलमा भएको हो ।
वार्षिकोत्सवको अवसर पारेर असोज ७ गते ३५ वर्ष माथिको उमेर समूहको सामूहिक नृत्य प्रतियोगिता आयोजना समेत हुँदैछ । सो प्रतियोगिताको तयारीमा तिव्रता दिइएको आयोजक संस्थाकी अध्यक्ष जसमाया गुरुङ (जसु)ले बताइन् । चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार असोज ७ गते नै हस्तान्तरण गरिने गुरुङले बताइन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…