14Shares

पोखरा । स्टार्स स्टुडियो प्रा.लि., न्यूरोड, पोखराको आयोजनामा स्टार्स सामुहिक नृत्य प्रतियोगिता हुने भएको छ ।

स्टुडियोको ८औं वार्षिकोत्सव साथै स्टार्स फाउण्डेसन नेपालको ५औं वार्षिकोत्सवका अवसरमा नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरूको संरक्षण र प्रबर्द्धनका लागि सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ (जसु)ले बताइन् ।

वार्षिकोत्सवको अवसर पारी असोज ७ गते, सोमबार, गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा सञ्चालन हुने प्रतियोगितामा ३५ वर्ष माथिको उमेर समूहको सामूहिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ र सो प्रतियोगिताको तयारीलाई तिव्रता पारिएको गुरूङले बताईन् ।

‘सामाजिक कार्यका लागि नृत्य‘ भन्ने नाराका साथ आयोजित नृत्य प्रतियोगितामा सहभागी हुन ३५ वर्षमाथिको उमेर समुहको हुनुपर्नेछ र नृत्य समुह ४ देखि १० जना सम्म हुनुपर्नेछ । सहभागीले टीम दर्ता गर्दा अनिवार्य नागरिकता पेश गुर्नपर्ने र नेपाली मौलिकता झल्कने नृत्यलाई प्राथमिकता दिइने बताईएको छ ।

प्रतियोगितामा प्रथमलाई नगद ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगी मध्य सबै भन्दा बढी उमेरको एक पुरुष र एक महिलालाई सम्मान गरिनेछ ।

नृत्य प्रतियोगितामा सहभागीताको लागि असोज तीन गते भित्र टीम दर्ता गराउनुपर्ने छ भने दर्ता शुल्क तीन हज़ार रूपैयाँ लाग्ने गुरूङले बताईन् ।

यस अघि आयोजित चित्रकला प्रतियोगिताका विजेतालाई पनि ७ गते नै पुरस्कार प्रदान गरिने गुरुङले बताइन्।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected