
पोखरा । लायन्स क्लव अफ पोखरा पिस प्याराडाइजद्वारा पोखरा–१७ सितापाइलास्थित पोखरा बृद्वाश्रममा आश्रित जेष्ठ नागरिकको लागि औषधी बितरण गरेको छ । क्लबले शनिवार बृद्वाश्रममा आश्रित जेष्ठ नागरिकको स्वास्थ्य चेकअप पश्चात डाक्टरको प्रेसकिप्सन् अनुसारको औषधी उपलब्ध गराएको क्लबका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सिनाले बताए ।
पोखरा बृद्वाश्रम तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र प्रमुख सिद्वि कुमार रेग्मीले डाक्टरको प्रेसकिप्सन् अनुसारको औषधीको लिस्ट पठाउनु भए अनुसारको करिव ४० हजार रूपैयाँ बराबरको औषधी रेग्मीलाई उपलब्ध गराईएको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष राम्जी प्रसाद बरालले जानकारी गराए ।
पोखरा बृद्वाश्रमका स्वास्थ्य सेवा केन्द्र प्रमुख सिद्वि कुमार रेग्मीले गण्डकी अस्पतालमा नियमित चेक अप गर्दा डाक्टरद्वय बिमल कोइराला र अनुसेत ढकालले स्वास्थ्य चेकअप गर्दा आवश्यक लिस्ट अनुसारको औषधी उपलब्ध गराएकोमा क्लब परिवारप्रति आभार व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ एवं क्लबका संस्थापक अध्यक्ष बिष्णु प्रसाद ढुङगाना, क्लस्टर चिफ दिल बहादुर थापा, रिजन चेयरपर्सन निरा कोईराला, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन शुरेश न्यौपाने, पूर्व अध्यक्ष अतित राना, अरुण खनाल, क्लबका उपाध्यक्ष गोबिन्द बहादुर केसी, कोषाध्यक्ष महादेव ढकाल, शंकर पौडेल लगाएतको उपस्थिति रहेको थियो ।











