35Shares

पोखरा । बालबालिकालाई अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मुल उद्देश्य लिएको समता शिक्षा निकेतनमा स्टेशनरी एवं डस्ट्वीन वितरण गरिएको

आइतवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा लेकसाईड पोखरा पाराडाईजको संयुक्त आयोजनामा पोखरा, प्रस्यांगस्थित समता शिक्षा निकेतनमा स्टेशनरी सामग्री सहित डस्ट्वीन प्रदान गरिएको हो

विद्यालय प्रांगणमा आयोजित क़ार्यक्रममा बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुली, रोटरी क्लब अफ पोखरा लेकसाईडका सचिव सुवास मल्लले बिधालयका प्रिन्सिपल झलक पौडेललाई उक्त सामग्री संयुक्त रूपमा प्रदान गरेका हुन्

फ़ाउण्डेशनका कार्यसमिति सदस्य सर्मिला श्रेष्ठको जन्मदिनको अवसर पारी बिधालयलाई ११६ दर्जन कापी, कलम, पेन्सिल, इरेजर, कलर सहित तीन प्रकारका डस्ट्वीन उपलब्ध गराईएको बाबा फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए 

फ़ाउण्डेशन र रोटरी क्लबको संयुक्त आयोजनामा विभिन्न समयमा शिक्षा, स्वास्थ्य, वातावरण, सेनिटेसनलगाएतका अभियान अन्तर्गत यसअघि पनि अन्य विद्यालयमा शैक्षिक सामग्री वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण, फोहोर व्यवस्थापनका लागि डस्ट्वीन वितरण लगाएतका कार्य गर्दै आएको रोटरी क्लब अफ पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुलीले बताए

सस्तो शुल्कमा गुणस्तरीय शिक्षा उत्कृष्ट भौतिक संरचनासहित संचालित बिधालयमा अध्ययन अध्यापनमा कुनै पनि कमि नहोस् भन्नको लागि शैक्षिक सामग्री प्रदान गरिएको रोटरी क्लब अफ पोखरा लेकसाईडका सचिव सुवाश मल्लले बताए

कार्यक्रमको समापन गर्दै बाबा फ़ाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले बालबालिकाको सुन्दर भविष्य र वातावरणका लागि शैक्षिक सामग्री डस्ट्वीनले सहयोग पुग्ने धारणा राख्दै फ़ाउण्डेशनले बालबालिका र वातावरणको क्षेत्रमा बिगत १७ बर्षदेख़ि निरन्तर काम गर्दै आएको बताए

फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीको संचालन रहेको कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाईडका कोषाध्यक्ष आमोद कोईराला, फ़ाउण्डेशनका कोषाध्यक्ष दीपक अधिकारी, सदस्य जेपी प्रधानांगलगाएतको उपस्थिति रहेको थियो

35Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected