13Shares

पोखरा । पोखरा रोयलको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा ६०.२१% सदस्यको उपस्थिति, १० वटा संकल्प प्रस्ताव पारित, ९.४८% लाभांश दिने निर्णय गरेको सचिव केशवप्रसाद ढकालले बताए ।

यसै बीच सभाले उत्कृष्ठ कारोबार गर्ने सदस्य, उत्कृष्ठ कार्य गर्ने कर्मचारी र सहकारी अभियानमा योगदान गर्ने अभियन्ताहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रमुख कार्यकारी अधिकृत bhimगुरुङ २०२४ को उत्कृष्ठ सिईओ (नेफ्स्कून) घोषणा, केशवप्रसाद ढकाल कास्की बचत तथा ऋण सहकारी संघको लेखा समितिको संयोजकमा निर्वाचित, मूख्य प्रवन्धक मीलन ढकाल, प्रवन्धक परमेश्वर दाहाल र अधिकृत उमनाथ आचार्यलाई २५ वर्ष सेवा गरे वापत रजत सेवा पदक, अधिकृत विजया श्रेष्ठ, सुपरिवेक्षक मन्जु दाहाल र म्यासेन्जर पूजा गुरुङलाई दशक सेवा पदकबाट सम्मान गरिएको छ । त्यसै गरि मदन कुमारी गुरुङ र झमान सिंह गुरुङलाई वर्ष उत्कृष्ठ सदस्य र म्यासेन्जर संगीता गुरुङ वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित भएका छन् ।
त्यसै गरि लघु बचत समूह तर्फबाट उत्कृष्ठ हुने केन्द्रहरुमा स्वाभिमान रोयल केन्द्र, वनपोखरी रोयल केन्द्र र अम्बिका रोयल केन्द्र रहेका छन् भने उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौंडा सेवाकेन्द्र र उत्कृष्ठ बाल बचत तर्फ रोवेन थापालाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको सूचना अधिकारी ढकालले बताए । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको एकाई प्रतिनिधीहरुको निणर्य प्रमाणिकरण सभामा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ, सचिव केशवप्रसाद ढकाल, लेखा समिति संयोजक हर्कबहादुर गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ, सल्लाहकार एक नारायण शर्मा ढकाल, मूख्य प्रवन्धक मीलन ढकाल तथा युवा उपसमिति संयोजक रोजिना श्रेष्ठ लगायतका वक्ताहरुले समितिको प्रतिवेदन, एकाई सभाको जानकारी र समसामयिक विषयमा प्रस्ट पारेका थिए । हाल संस्थाको सदस्य ९,३५६ जना रहेको छ भने संस्थाको कूल वासलात २ अर्ब ५२ करोड बराबरको रहेको छ ।

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected