सहकारी पीडित र रास्वपा कार्यकर्ता आमने सामने, रविलाई पक्राउ गर्न सहकारी पीडितको माग
- September 23, 2024
- 1287


पोखरा । जिल्ला प्राशसन कार्यालय अघिल्तिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी भैरहेको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको सडक तातेको हो । सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र सहकारी पीडितहरु आमने सामने भएका छन् ।
दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका थिए । सहकारी पीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै लामिछाने पक्षधरले सहकारी पीडितलाई ‘परिचालित’ भनेका छन् ।
पीडितले रवि पक्राउको माग गर्दा रविका समर्थकहरूले चाहिँ कुनै हालतमा रविलाई पक्राउ गर्न नहुने बताएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतम चाहिँ आफूहरू पीडितकै पक्षमा भएको बताउँछन् । उनले आफूहरू सहकारी पीडितलाई दुःख दिन नभई फासिस्ट सरकारका विरुद्ध मैदान ओर्लिएको बताएका छन्।





