386Shares

पोखरां । लायन्स क्लब अफ पोखरा महालक्ष्मीको आयोजनामा लायन्स गजल साँझ हुने भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाको सम्मानमा आयोजित गजल साँझमा युवा गजलकार थानेश्वर गौतम र प्रदीप रोदनले प्रस्तुति दिने भएका छन् ।
असोज १८ गते शुक्रवार सितलदेवी पाटी प्यालेसमा सम्पन्न हुने गजल साँझमा युवा पुस्ता माझ निकै लोकप्रिय गजलकार थानेश्वर गौतम र प्रदीप रोदनले सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम-विछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्ने कार्यक्रम संयोजक लायन्स क्लब अफ पोखरा महालक्ष्मीका पूर्व अध्यक्ष ऋषिराम अधिकारीले बताए ।
लायन्स लायन्सहरु बीच आपसी सम्बन्ध प्रगाढ एवं भाईचारा अभिबृद्धिका साथै आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड्न कोसेढुंगा साबित हुने आयोजक संस्था लायन्स क्लब अफ पोखरा महालक्ष्मीका संस्थापक अध्यक्ष अखिल धमलाले बताए ।

386Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected