20Shares

पोखरा भ्यूज
पोखरा, १६ असोज । पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयका छात्रछात्राका लागि बाबा फाउन्डेशन नेपालले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच फाउन्डेशनका तर्फबाट सचिव टंकराज अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल, विश्व हिन्दु महासंघ कास्कीका महासचिव भुपेन्द्रराज गिरीले सामुहिक रुपमा ७५ दर्जन कापी विद्यालयलाई हस्तान्तरण गरेका हुन्  ।


कार्यक्रममा बाबा फाउन्डेशनका सचिव टंकराज अधिकारीले बालबालिका र बातावरणका क्षेत्रमा संस्थाले काम गर्दै आएको बताउँदै विभिन्न शैक्षिक संस्थामा आवश्यकता समेतलाई दृष्टिगत गरी शैक्षिक सामाग्री सहयोग गरिदै आइएको बताए । कालिका आधारभुत विद्यालयमा गरिएको सहयोगले यहाँ अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुने विश्वास उनले व्यक्त गरे ।
रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले आर्थिक रुपमा कमजोर तथा विपन्न बर्ग र समूदायका बालबालिकाहरू शैक्षिक समाग्रीको अभावमा पठनपाठनबाट बञ्चित हुन नहुने बताउँदै सहयोगी संस्थाहरूले ती बर्ग र समूदायलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानले न्युन आय भएका धेरै अभिभावकका छोराछोरी यस विद्यालयमा पढीरहेको बताउँदै उनीहरूको अध्ययन कार्यमा यस किसिमका सहयोगले धेरै सहयोग पुग्ने धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक दोणर्राज सुवेदीले विद्यालयमा यस किसिमको सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधानको अध्यक्षता एवम् शिक्षिका निर्मलादेवी घिमिरेले सञ्चालन रहेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत लगायतले बोलेका थिए ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, विश्व हिन्दु महासंघ कास्कीका महासचिव भुपेन्द्रराज गिरी, विद्यालयका शिक्षक लगायतको उपस्थिति थियो ।
बाबा फाउन्डेशन नेपालका सचिव अधिकारीका अनुसार फाउन्डेशनले यस वर्ष रोटरी क्लब अफ पोखरा लेकसाइड र रोटरी क्लब अफ पोखरा प्याराडाइजसँग पनि सहकार्य गर्दै आएको छ ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected