20Shares

पोखरा, १५ मंसिर लायन्स क्लब अफ पोखरा अभियानद्वारा आयोजित पिस पोस्टर प्रतियोगिता सम्पन्न भएको छ।

नदीपुरस्थित माउन्ट अन्नपूर्ण मावि भएको प्रतियोगितामा विद्यालयका ११ देखि १३ वर्ष उमेर समुहका २१ जना विद्यार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा सगरमाथा निकेतन स्कुल अर्चलबोटकी छात्रा कामना राना मगर प्रथम, पाठशाला कोचिङ सेन्टरकी ऐश्वर्या राई द्वितीय, नेशनल क्रियसन स्कुल नागढुङाकी श्रीया थापा तृतीय भएको प्रतियोगिता निर्णायक चित्रकार कलाकार युवराज लामिछानेले जानकारी दिए।

प्रतियोगिता अवसरमा चित्रकार लामिछानेले चित्रकला सम्बन्धी अत्यन्तै मार्मिक तथा रोचक ढंगले आफ्नो अनुभव ज्ञान प्रतियोगी माझ राखेका थिए ।

क्लबका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षता क्लबका तृतीय उपाध्यक्ष नवराज शर्माको संयोजकतवमा सम्पन्न प्रतियोगितामा क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर विनोद ढुङाना, पूर्व अध्यक्षहरू प्रेम प्रसाद दाहाल, डिलाराम लामिछाने, मात्रिका प्रसाद पोखरेल, क्लस्टर का क्लस्टर चिफ विष्णु श्रेष्ठपिस पोष्टर चेयरपर्सन रेनुका गिरी, लायन्स क्लब अफ पोखरा सामाजिक अभियानका अध्यक्ष भवानी अर्याललगाएत क्लबका पदाधिकारीको उपस्थिती रहेको थियो

सिमा बिनाको शान्ति (Peace Without Limits) शीर्षकमा पिस पोस्टर प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त प्रमाणपत्र अविर साथै विजयी  विद्यार्थीहरुलाई खादा, अविर र मायाको चिनोद्वारा गर्भनर ढुङानाले सम्मान गरेका थिए

लायन्स अन्तर्राष्ट्रियले प्रत्येक वर्ष कलिला बालवालिकाहरुलाई चित्रकला मार्फत शान्ति दर्शन, कला र रचनात्मकता मार्फत शान्तिको सन्देश भावना सारा विश्वभरि फैलाउने उद्देश्यले पिस पोस्टर कार्यक्रमको आयोजना गर्ने गरेको डिष्ट्रिक्ट गभर्नर ढुङानाले बताए

एक सय सात वर्षको इतिहास बोकेको विश्व कै सबै भन्दा ठुलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियले विश्वभर आफ्ना शाखाहरुबाट विशेष शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सेवामुलक कार्य गर्दै आइरहेको । विश्व भरिका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई चेतना अभिबृद्धिका लागिशान्तिका लागि पिसपोस्टर प्रतियोगितासञ्चालन गर्दै आइरहेको

नेपालभरिको प्रतियोगितामा नेपालबाट प्रथम हुने पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको मुख्यालय अमेरिका पठाइन्छ ति मध्येबाट प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected