२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

जगदम्बा ट्राभल्सले ल्यायो थप ४ वटा अत्याधुनिक बस

पोखरा भ्यूज

पोखरा । पोखराको जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको ४ वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा–काठमाडौंका लागि २ वटा र पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने रुटमा २ वटा गरेर कुल ४ वटा बस थपेको हो ।

सेवाग्राहीलाई उच्चस्तरको सेवा दिने उद्देश्यले थपिएको सोफा र एसीसहितको बसको प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले आज विहान उद्घाटन गरे ।

सुविधा सम्पन्न बसमा कफी, खाजा र पानीसहितका सुविधा दिईने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार दिए । बसमा पोखरा–काठमाडौंको यात्राका लागि १ हजार ६ सय भाडादर कायम गरिएको उनले बताए । पोखरादेखि पूर्व जाने गाडीमा भने खाजा, पानीलगायतका सुविधा नदिईने उनले स्पष्ट पारे ।

नया बस शुभारम्भको अवसरमा डेमो यात्रा गराइएको थियो । डेमो यात्रामासमेत सहभागी सांसद दामोदर बैरागीले सुविधा सम्पन्न अत्याधुनिक बसले पर्यटकीय राजधानीको औचित्य पुष्टि गर्न सघाउने बताए । ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यसले थप आकर्षण प्रदान गर्छ’–उनले भने ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुविधा सम्पन्न बसले सेवा दिने क्रम निरन्तर बढिरहेको बताए ।

जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं र पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको छ । जगदम्बाले गत बर्षमात्र चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो भने पाचौं संस्करणमा थप ४ वटा सोफा र एसीसहितको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।

जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ । सञ्चालक अधिकारीले यात्रुको रोजाई अनुसार १ हजारदेखि १ हजार ६ र २ हजार ५ सय रुपैयाँसम्मको भाडादरमा पोखरा–काठमाडौं बस सञ्चालन गरिएको बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…