२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरसहकारी

सेतीमदीको १४ औ वार्षिक साधारण सभा

पोखरा भ्यूज

पोखरा १९ असोज । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए

कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थापक शेयर सदस्य, जेष्ठ शेयर सदस्य, असल कारोवारकर्ता, विद्यावारिधि गरेका शेयर सदस्य, १०+२ मा उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा सगै विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेका सहकारीका शेयर सदस्यहरु गरि ३७ जनालाई सम्मान गरिएको सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन ।

सभाले सचिव शिवराज अधिकारी र कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो ।

सहकारीका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा सम्पन्न सभाको संचालन सचिव शिवराज अधिकारीले गरेका थिए । सभामा बचत संघका पूर्व अध्यक्ष तथा विशाल सहकारीका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकाल, राष्ट्रिय सहकारी बैंक गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपकराज बास्तोला लगायतले सहकारीले गरेका गतिविधिहरुको प्रशंसा गर्दै सहकारीका समिति, उपसमिति मात्र नभई सम्पूर्ण शेयर सदस्यहरु नै चनाखो भई संस्थामा भए गरेका सम्पूर्ण गतिविधिहरुको निगरानी गर्नुपर्ने बताएका थिए ।

सहकारीका काम, कर्तब्य र कारवाही सगै संचालक र सदस्यहरुले पालन गर्नुपर्ने नियमहरु, बचत सगै ऋण लिदा अपनाउनुपर्ने विषयमा नियम भित्र रहेर काम गरे कुनै समस्या नआउने भनाई समेत उनीहरुको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…