3Shares

पोखरा भ्यूज
पोखरा, १९ असोज । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।
पोखरा-३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गरे ।
कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिए ।
सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराए ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गरेकी थिईन् भने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गरेकी थिईन् । त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गरेका थिए । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ ।
कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तीर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected