पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउन र राईजिङ सनले पोखरा–९, शिवटोलका ५ घरपरिवारलाई खाद्यन्नसहित लत्ता कपडा वितरण गरेको छ ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनका अध्यक्ष चन्द्रकुमारी नगरकोटीको अध्यक्षतामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक़्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट एम्बासडर रोजी श्रेष्ठ, ग्लोबल कजेज चेयरपर्सन आरती अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन युबराज खनाल, लायन्स क्लब अफ पोखरा राईजिंग सनका अध्यक्ष अन्जना गिरी, पूर्व अध्यक्ष राजकुमार ढकाल र दुर्गा रन्जित लगाएतको उपस्थिति रहेको थियो ।


लायन्स क्लब अफ पोखरा बाराही टाउनका सचिव रिता रानाको सञ्चालन रहेको कार्यक्रममा राईजिंग सनका पूर्व अध्यक्ष दुर्गा रन्जितले स्वागतसहित कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिईन् ।





