२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा भ्यूज
पोखरा, २३ असोज । पोखराको नयाँ बजारमा वि.सं.१९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएको छ ।
तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोट मुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गरेको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिए ।
तत्कालीन समयमा स्थापना भएको मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उनले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताए ।
मन्दिरमा रहेको शिलालेख अनुसार वि.सं. १९१५ सालमा स्थापना गरिएको र वि.सं. २०२५ सालमा जि.मु.जीतबहादुर भुजेलको सक्रियतामा निर्माण गरिएको उल्लेख छ । उक्त मन्दिर जीर्ण भई नयाँ निर्माणका लागि २०५३ मा समाजसेवी बुद्धिबहादुर खवासबाट शिलान्यास गरी २०५४ सालमा अध्यक्ष तेजबहादुर भुजेल(मगर) बाट चण्डीमाई देवीको मूर्ति स्थापना गरिएको र तत्कालीन वडा अध्यक्ष विष्णुप्रसाद बास्तोलाले उद्घाटन गरेको जनाइएको छ ।
“वरपरको वस्ती, तत्कालीन आवश्यकता आदिका आधारमा मन्दिर स्थानान्तरण भएको हुनसक्छ”, उनले भने, “पोखराको पुरानो मन्दिर भएर पनि यसको प्रवद्र्धन हुन नसक्दा चर्चामा आउन सकेको छैन ।”
श्रद्धाभक्तपूर्व दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण आसपासका स्थानबाट भक्तजनहरू पूजाआजाका लागि आउने गरेको उनले जानकारी दिए । मन्दिरको ऐतिहासिकतालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यहाँको विकास गर्ने दीर्घकालीन सोच रहेको उनले बताए ।
मन्दिरमा स्थापनाकालीन शिलाको मूर्ति हालसम्म पनि रहेको जानकारी दिदै उनले प्रत्येक वर्षको बैशाख १ गतेका दिन सामुहिक कल्याणको कामना गर्दै बोकाको बलि सहित चण्डी देवीको पूजाआजा गर्ने गरिएको बताए ।
स्थानीयवासीको साथ सहयोगका साथै समितिको सकृयतामा मन्दिरको पूजाआजालाई व्यवस्थित गरिएको छ भने नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । मन्दिरमा २८३ जना आजीवन सदस्य रहेका छन् भने चार जना मानार्थ सदस्य छन् ।
मन्दिर परिसरमा भवन लगायत पूर्वाधार निर्माणका लागि वडा कार्यालयका तर्फबाट पटक पटक गरी २९ लाख, १५ लाख हुँदै यस आर्थिक वर्षमा १० लाख रुपैया सहयोग प्राप्त भएको अध्यक्ष भुजेलले जानकारी दिए । यहाँ परिसरमा निर्मित भवन यहाँका विभिन्न् सामाजिक कार्यमा बहुउपयोगी बनेको छ ।
सामाजिक सचेतना र जागरणको केन्द्र बन्दै
चण्डीमाई मन्दिर यस क्षेत्रका स्थानीयको जागरणको केन्द्र बनेको छ । मन्दिरकै नाममा गठित चण्डिका आमा समूह यहाँको समाजिक जागरणमा सक्रिय बनिरहेको समूहका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष विमला रानाभाटले जानकारी दिईन् । समूहमा यस क्षेत्रका ७५ जना महिलाहरू आवद्ध भएको जानकारी दिदै उनले यस मन्दिरको संरक्षण र विकासमा संस्था सक्रिय बनिरहेको बताईन् ।
“पुरानो इतिहास बोकेर पनि यहाँको राम्रोसँग प्रचारप्रसार हुन सकेको छैन”, उनले भनिन्, “हामी यसको प्रचारप्रसार समेत होस् भन्ने उद्देश्यका साथ केही वर्ष यता प्रत्येक नवदुर्गाका अवसरमा नवदुर्गा महोत्सव गर्दै आएका छौं ।” महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको उनले जानकारी दिईन् ।
महोत्सवका अवसरमा संकलन हुने गरेको सहयोगले पूजाआजा सञ्चालनमा सहयोग पुगेको बताउँदै उनले इतिहास र संस्कृतिको जगेर्नाका माध्यमबाट यस स्थललाई धार्मिक गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको बताईन् । मन्दिर परिसरमा निर्मित भवनमा यहाँको टोल विकास संस्थाको कार्यालय सञ्चालनका साथै योगा हल आदिले सामाजिक कार्यमा महत्वपूर्ण सहयोग पुगेको स्थानीयवासी बताउँन्छन् ।
मन्दिरको प्रवद्र्धनकै उद्देश्यका साथ २०६९ सालदेखि निरन्तर रुपमा नवदुर्गा महोत्सव गरिदै आइएको प्रचारप्रसार संयोजक कृष्ण रानाभाटले जानकारी दिए । महोत्सवले मन्दिरको ऐतिहासिकतासँगै धार्मिक महत्वलाई उजागर गर्ने विश्वास लिइएको उनले बताए । ऐतिहासिकतालाई उजागर गर्दै यहाँको धार्मिक महत्वलाई प्रचारप्रसार गरेमा यो स्थल यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्ने विश्वास लिइएको उनको भनाइ छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…