20Shares

पोखरा भ्यूज

पोखरा   कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन व्यवसायी सुदीप गौतमको शालिक अनावरण गरिएको कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई विश्वमा चिनाउने पर्यटन व्यवसायी गौतमको बुधबार शालिक अनावरण गरिएको हो

माछापु्च्छ्रे गाउँपालिका वडा नम्बर सिदिङमा जन्मिएका गौतम २०७९ असोज १४ गते शुक्रवार खानेपानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर ३५ वर्षको उमेरमा मृत्यु भएको थियो

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीलगाएतले गौतमको शालिक  अनावरण गरेका हुन्

नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत रहेका गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए

नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत रहेका गौतम नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल(टान)मा समेत आवद्ध थिए

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्ने यसको प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए  गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected