
पोखरा भ्यूज
पोखरा, २ कार्तिक । लायन्स क्लब अफ पोखरा पिस टाउनले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि अक्षयकोषको स्थापना गरेको छ ।
पोखरा महानगरपालिका–१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विद्यार्थीको लागि क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलले आफ्ना स्वर्गीय पिताजी टेकनाथ अधिकारीको पाँचौं वार्षिक पुण्य तिथिको अवसर पारी अक्षयकोष स्थापना गरेकी हुन् ।
अक्षयकोष रकम अध्यक्ष कान्ती अधिकारी पौडेल, उहाँ दिदीहरू क्लबका पूर्व अध्यक्ष शोभा अधिकारी पौडेल र कृष्णा अधिकारी पोखरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, प्रधानध्यापक श्रीकृष्ण सिग्देललाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा बिधालयमा अध्ययनरत बटुकका लागि बिहानको भोजन समेत खुवाईएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ (मिडिया एण्ड पब्लिकेसन्स्) टंकराज अधिकारीले अहिले बोर्डिङ स्कूल पढ्ने र उच्च शिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, क्लबको यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलले स्वर्गीय पिताजीको स्मृतिमा स्थापित अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने भनाई व्यक्त गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले विद्यालयमा हाल २१० विद्यार्थी अध्ययनरत गरिरहेको बताए । उनका अनुसार विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३०० पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने हुन्छ।
अध्यक्ष अधिकारीका अनुसार अक्षयकोष गुरुकुल संचालनका क्रममा न्यूनतम १० हजार रूपैयाँले आजिवन सदस्य बन्न सकिने, हालसम्म १५० बढ़ी आजिवन सदस्य बनिसकेको बताए । १ करोड़ अक्षयकोष पुर्र्याउने लक्ष्य रहेकोमा हालसम्म करिव ६० लाख रकम जम्मा भईसकेको जनाए ।
क्लबका अध्यक्ष कान्ती अधिकारी पौडेलको अध्यक्षता, सचिव कल्पना राउतको संचालन रहेको कार्यक्रममा बिधालय व्यवस्थापन समितिका सदस्य रोजी पराजुली, प्रधानाध्यापक श्री कृष्ण सिग्देल, लायन्स क्लब अफ पोखरा पिस टाउनका पूर्व अध्यक्षहरू सबिता बराल, शोभा अधिकारी पौडेल, केसी माया नेपाली, रिजन चेयरपर्सन ज्ञान बहादुर राना लगाएतको उपस्थिति रहेको थियो ।








