
पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-१, फल्लापानीमा दोस्रो फल्लापानी खुला नकआउट भलिबल प्रतियोगिता हुने भएको छ । सुगम युवा क्लबको आयोजनामा कार्तिक १४ र १५ गते फल्लापानी खेलमैदानमा उक्त प्रतियोगिता सम्पन्न हुने क्लबका अध्यक्ष इन्द्र प्रसाद दाहालले बताए ।
अध्यक्ष दाहालका अनुसार खुला नकआउट भलिबल प्रतियोगिता खेलको लागि टीम दर्ता शुल्क ५ हजार रुपैँया रहेको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने टीमले क्रमशः नगद ५० र ३० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव लोक बहादुर कुँवरले बताए । यसका अलावा खेलाडीहरूको प्रदर्शन मनोबल बढाउन विधागत पुरस्कारमा नगद सहित प्रमाण पत्र समेत दिइने कुँवरले जनाए ।
अन्नपूर्ण गाउँपालिका कास्कीको संरक्षण र प्रवर्द्धन रहेको प्रतियोगिताका लागि आयोजकले टिम दर्ता खुलाइ सकेको छ भने कार्तिक १४ गते बिहान १० बजेसम्म टीम दर्ता गराइ सक्नु पर्नेछ ।





