
पोखरा भ्यूज
टंकराज अधिकारी । अमेरिकी नागरिकले गुरूङ संस्कृति अनुसार विवाह गरेका छन् । सोमवार अमेरीकन जोडीले नेपाली गुरुङ कल्चर अनुसार पर्यटकिय स्थल कास्कीको घान्द्रुकमा बिबाह गरेका हुन् ।
दुवै जना पहिलो पटक बिवाह गर्न कै लागि नेपाल आएका हुन् । अमेरिकाको ओक्लाहोमा सिटी राज्यका रयान हान्सोन र ट्रयान हान्सोनबीच गुरूङ संस्कृति अनुसार विवाह भएको विवाहको स्थानीय व्यवस्थापन मिलाएका होटल रक एण्ड मूडका संचालक लक्षिन गुरूङले बताए ।
गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए भने कोही जन्तीको स्वागतार्थ बसेका थिए । स्थानीय लक्षिन गुरूङको घर (होटल रक एण्ड मूड़) बाट दुलाह दुलही लिन घोड़ामा सवार भई बाजागाजासहित घान्द्रुकमा रहेको गुम्बामा पुगेका थिए । गुम्बाका लामाले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र गुरूङ संस्कृतिअनुसार विवाह बन्धनमा बाँधिए ।
विवाहमा ३५० जना भन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि राम्रो व्यवस्था गरिएको थियो । बेलुका दुहाला पक्षबाट भव्य रिसेप्सन पाटी दिईएको थियो । विदेशीले गुरूङ परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।
विवाहको चाँजोपाँजो गर्ने व्यवस्था घान्द्रुक पर्यटन व्यवस्थापन समिति र होटल रक एण्ड मूडका संचालक लक्षिन गुरूङले मिलाएका हुन् ।
विवाहको चाँजोपाँजो गर्ने व्यवस्था मिलाएका लक्षिन गुरूङकाअनुसार रयान र ट्रयान दुवैजना आफुसँग पहिले नै सम्पर्क (चिनजान)मा रहेको उनिहरूलाई नेपाली संस्कृति मन पर्ने हुदाँ उनिहरूको चाहाना बमोज़िम बिवाहको व्यवस्था मिलाई दिएको बताए । उनकाअनुसार प्याकेजमा नेपाली संस्कृति अनुरूप विवाह गर्नका लागि अफर आएको पनि बताए ।
फ़ोटो













