
पोखरा भ्यूज
अन्नपूर्ण, कास्की । कास्की र पर्वत जोड़ने भुरुङ्दी खोला पुल आयोजनाको स्थलगत अनुगमन भएको छ । जिल्ला समन्वय समिती कास्की, अन्नपूर्ण गाउँपालिका कास्की र सडक डिभिजन कार्यलय पोखराको टोलिद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ र पर्बत जिल्लाको मोदि गाउपालिका-१ जोड्ने भुरुङ्दी खोला पूल आयोजनाको स्थलगत अनुगमन गरिएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए ।
जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल , अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर के सी , कास्कीका समन्वय अधिकारी नवराज बराल, सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बाँस्तोला सहित प्राबिधिक इन्जिनियर ,निर्माण व्यवसायी सम्मिलित टोलीले अनुगमन गरेको हो ।
सडक डिभिजन कार्यालय बागलुङ मातहतमा करिब ९ बर्ष अगाडि सम्झौता भए पनि हालसम्म करिब चालीस प्रतिशत काम समेत सम्पन्न हुन नसकेको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बाँस्तोलाले जनाए ।
भर्खरै सडक डिभिजन कार्यालय कास्कीको मातहतमा हस्तान्तरण भए लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल कदमस्वरूप सो अनुगमन गरिएको र छठ पर्व लगत्तै समन्वय बैठक मार्फत समाधानको उपाय खोजेर तत्काल निर्माण कार्य अगाडि बढाउने निर्णय भएको जनाईएको छ ।
खोलाका निर्माण पूरा गर्ने लक्ष्यमा मृत सन्जिबनी निर्माण कम्पनीले निर्माण कार्य शुरु गरेर हाल निर्माण कार्य प्राय ठप्प सो पूल सडक सडक डिभिजन कार्यालय बागलुङमा २०७२ मंसिर ८ मा सम्झौता भएर साढे दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हाल सम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
४० मिटर लम्बाइको दुई लेनको सो पूलको कुल लागत अनुमान ८ करोड ८८ लाख भएपनि ६ करोडमा निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख बास्तोलाले जानकारी दिए।











