
पोखरा भ्यूज
पोखरा । पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सनहरूको संयुक्त आयोजनामा दशै तिहार लगाएतका पर्वलाई मध्यनजर गर्दै देउसी भैलोसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत पोखरा क्षेत्रमा रहेका ७ वटा रिजन चेयरपर्सनहरूको आयोजनामा लायन्स लायन्स वीच आपसी भाईचारा एवं सद्भाव बढ़ाउने उद्देश्यले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको रिजन ३ का रिजन चेयरपर्सन ज्ञान बहादुर रानाले बताए ।
एसआर केसी बेन्क्यूट माटेपानी पोखरामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका संस्थापक डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल लगायत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो ।
देउसी भैलोका लागि चर्चित लोकदोहरी गायक राम्जी पौडेललगाएत कलाकारहरू बिकास नेपाली, कमला सुनार, सुनिमा गुरूङले भरपूर मनोरंजन गराएका थिए ।

रिजन ३ देख़ि ८ सम्मका रिजन चेयरपर्सन ज्ञान बहादुर राना, जिवन प्रकाश श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, सूर्य चपाई, बुद्वी बहादुर खत्री, निरा कोईराला र १० का रिजन चेयरपर्सन मेनका श्रेष्ठले सो कार्यक्रमको संयोजन गरेका थिए ।
कार्यक्रममा छुट्टै माहोल सृजना गराउनका लागि तयार पारिएको उत्कृष्ट रंगौली कलाकृति बनाउने स्मृति गिरीलाई बिशेष सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले नेपालीका मौलिक कला संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य रहेको बताए । उनले चाडवाड मनाउने क्रममा समाजमा देख़िने बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएर सामाजिक रुपान्तरणको लागि काम गर्नु आवश्यक रहेको भन्दै नेपालीका सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।
गभर्नर ढुंगानाले शुभकामना मन्तव्य राख्ने क्रममा गत असोज महिनामा मुलुकका विभिन्न ठाउँमा भारी वर्षातका कारण भएको भौतिक तथा मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका थिए ।
त्यस्तै, डिष्ट्रिक्टका संस्थापक डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्टले मल्टीपलमा मात्र नभई लायन्स अन्तर्राष्ट्रियमा समेत डिष्ट्रिक्ट आई को पहिचान कायमै राखेकोमा गर्व गर्दै डिष्ट्रिक्ट आई का कार्यक्रम अन्य डिष्ट्रिक्टमा चर्चा हुने गरेको बताए । विशेष गरी, संस्थापन कार्यकालदेख़ि कार्यक्रम समयमा सुरू गर्ने समयमा अन्त गर्ने, कार्यक्रमका दौरानमा खादा र माला प्रयोग नगर्ने लगाएतका कार्यले चर्चा गरेको सुनिएको बसेलको भनाई थियो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आव्हान गर्दै सम्पूर्ण चाडपर्वको शुभकामना ब्यक्त गरेका थिए ।
रिजन ८ का रिजन चेयरपर्सन निरा कोईरालाको अध्यक्षता रिजन ३ का रिजन चेयरपर्सन ज्ञान बहादुर रानाको संचालन रहेको क़ार्यक्रममा रिजन ६ का रिजन चेयरपर्सन सूर्य चपाईले स्वागत रिजन ५ का रिजन चेयरपर्सन कृष्ण कुमार श्रेष्ठले धन्यवाद ज्ञापन र रिजन १० का रिजन चेयरपर्सन मेनका श्रेष्ठले ध्वजाको अभिवादन पाठ वाचन गरेका थिए ।
कार्यक्रममा डिष्ट्रिक्ट अफिसरको तर्फबाट डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, सम्पूर्ण जोनचेयरपर्सनको तर्फबाट जोन १३ का जोन चेयरपर्सन संजीव घिमिरे, सम्पूर्ण क्लबहरूको प्रतिनिधित्व गर्दै लायन्सक्लब अफ पोखरा अर्पणका अध्यक्ष राधिका पाण्डे शुभकामना मन्तव्य राखेका थिए ।











