20Shares

पोखरा भ्यूज

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले हिरासतमै थप ५ दिन राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अदालतले तिहारको विदासहित मंगलबार १० दिन म्याद थप गरेको हो। तर उनी यसअघि नै ५ दिन हिरासतमा बसिसकेका छन्। सोही कारण अब ५ दिन उनी हिरासतमै रहनेछन्। लामिछानेसहित छविलाल जोशी र लिला पछाईंलाई पनि सोही अवधिसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यहीबीचमा लामिछानेलाई सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही (बुटवल) लैजाने प्रहरीको तयारी छ। मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा म्याद थप गरेको छ। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।

20Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected