पोखरा भ्यूज
पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपाल बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’मा सहमति भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’ मा अस्पताल र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे बिच सहमति गरिएको हो ।
सहमतिपत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको तर्फबाट डिष्ट्रिक्ट गभर्नर मिलन थापाले हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहमा अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ, सूचना अधिकृत शंकर बहादुर जीलगाएत कर्मचारी एवम् लायन्स क्लबका विभिन्न ओहोदामा कार्यरत पदाधिकारीको उपस्थिति रहेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक चिफ हेल्थ गोविन्द गौतमले जानकारी दिए ।
मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परीक्षण योजनाहरु समेत ल्याएको छ ।
मणिपाल र डिष्ट्रिक ३२५ जे बीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना सहमति