२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

महिला समाजसेवा पुरस्कार पद्मादेवी शर्मालाई प्रदान : समुहको अध्यक्षमा ज्योति वस्नेत

पोखरा भ्यूज
पोखरा । यस वर्षको महिला समाजसेवा पुरस्कार पोखरा १६ वाटुलेचौर निवासी पद्मादेवी शर्मालाई प्रदान गरिएको छ ।
मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका भन्दै शर्मालाई अर्पण गरिएको हो ।

शनिवार समुहको २८ औं साधारण सभा तथा तेह्रौ अधिवेशनका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना  र समुहका अध्यक्ष मनु वस्नेतले नगद ५ हजार, सम्मानपत्र र दोशल्ला ओढाएर शर्मालाई सम्मान गरे । लामो समय शिक्षण पेशामा आवद्घ शर्माले अवकाश पछि पनि महिला अधिकार, वालवालिका र शिक्षा क्षेत्रमा क्रियाशिल रहेकी थिईन् ।

समुहले सोही अवसरमा सीता खड्का सहित नारायणी थापा, दिप्ती थापा र योग्यता वस्नेतलाई विशेष सम्मान गरेको छ । उनीहरुलाई वडा सदस्य रामचन्द्र आचार्य, राजकुमारी वानिया, मन्जु नेपाली, मानार्थ सदस्य सरस्वती खड्का, सल्लाहकार जितवहादुर खड्का र डिलमाया वस्नेतले सम्मान गरे ।

कार्यक्रममा मन्त्री थापाले समाजसेवा पुरस्कार अक्षयकोषमा नगद ५१ हजार सहयोग गरेका छन् । मन्त्री थापाले समाज रुपान्तरणमा महिला समुहको भुमिका महत्वपुर्ण रहेको वताउँदै पुरस्कारले समाजसेवामा लाग्नेहरुलाई उर्जा थप्ने बताए ।

सम्मानित व्यक्तित्व शर्माले समाजसेवाको कुनै मुल्य र क्षेत्र नहुने वताउँदै निस्वार्थ भावले गरिने कार्यले समाज अगाडि बढ्ने स्पष्ट पारिन् । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्थानिय सरकार यस क्षेत्रका सामाजिक संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढेको बताए ।

समुहका अध्यक्ष मनु वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार बेनी वहादुर वस्नेत, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, समुहका पुर्व अध्यक्ष निर्मला वस्नेत, अम्विका आमा समुहका अध्यक्ष लक्ष्मी देवकोटा लगायतले बोलेका थिए ।

अधिवेशनले ज्योति वस्नेतको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा अमृता श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शिवशोभा खड्का, सचिवमा नारायणी वस्नेत, सहसचिवमा दिपिका कार्की वस्नेत, कोषध्यक्षमा राधिका जिसी र सदस्यमा राधिका थापा, अम्विका श्रेष्ठ, सीता खड्का, देवु श्रेष्ठ, सावित्री वस्नेत, शर्मिला वस्नेत, देवी अधिकारी, अन्जु कार्की र शान्ती राना चयन भएका छन् । अधिवेशनले समुहको आर्थिक तथा वाषिक प्रगति प्रतिवेदन पारित समेत गरेको छ ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…