२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री

पोखरा भ्यूज
स्याङ्जा । स्याङ्जाको क्षेत्र नं. १ को प्रदेश सदस्य निर्वाचन क्षेत्र नं. (क) का विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने भएको छ । शिशुदेखि ७ कक्षासम्मका गरिब तथा जेहेन्दार र कक्षा ८ देखि १० सम्मका सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने भएको हो ।

गण्डकी प्रदेश शिक्षा, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रालयका पूर्वमन्त्री मेखलाल श्रेष्ठको सहयोगमा शैक्षिक सामग्री वितरण गरिने छ । शैक्षिक सामग्रीमा तल्लो तहका विद्यार्थीलाई कापि सिसाकलम र माथिल्लो तहका विद्यार्थीलाई कापि र कमल वितरण गरिने भएको छ ।

सो क्षेत्रमा पर्ने २९ वटा वडाका विद्यालयमा अध्ययनरत झण्डै २ हजार भन्दा बढि गरिब तथा जेहेन्दार विद्यार्थीहरुले शैक्षिक सामग्री पाउने छन् । सो क्षेत्रमा पर्ने पुतलीबजार, भीरकोट, वालिङ नगरपालिकाका केहि वडा र बिरुवा र हरिनाश गाउँपालिका विद्यार्थी लाभान्वित हनेछन् ।

राजनीति गर्नेहरुले जहिले नीतिगत र विकास निर्माणका कुरा मात्र गरेर नहुने भन्दै पूर्वमन्त्री श्रेष्ठले भने, “सरकारको शिक्षा क्षेत्र अन्र्तगतको अभियानमा सहयोग पुर्‍याउनु पनि राजनीतिज्ञको कर्तव्य हो भनठानेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण अभियान चलाएको हो ।”

शैक्षिक सामग्री वितरण अभियान स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौरको मनकामना माध्यामिक विद्यालयबाट शुभारम्भ भएको छ । मनकामना र आसपासका विद्यालयमा अध्ययनरत करिब १ सय ३८ विद्यार्थी मध्ये झण्डै ९० जना गरिब तथा जेहेन्दार विद्यार्थी शैक्षिक सामग्री प्रदान गरिएको छ ।

ग्रामीण बस्तिहरुबाट बसाँईसराई सर्ने क्रममा रित्तिदै गएका गाउँहरुका विद्यालयलाई लक्षित गरेर पूर्वमन्त्रीले शैक्षिक सामग्री विरतण गर्ने जुन अभियान शुरु भएको छ, त्यो अनुकरणीय रहेको नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले बताए । राजनीति गर्ने सबै दलका नेताहरु सेवामा यसरी नै समर्पित हुने हो भने विद्यार्थीमा शैक्षिक परिवर्तन ल्याउन सकिनेमा शर्माले विश्वास जनाए ।

कार्तिकको अन्तिम हप्ताबाट शुरु भएको अभिायन पुष मसान्तसम्म सक्ने गरि तयारी गरिएको पूर्वमन्त्री श्रेष्ठले बताए । उनका अनुसार यस क्षेत्रका विद्यार्थीहरुलाई प्रदान गरिने सम्पूणर् शैक्षिक सामग्रीको खर्च व्यक्तिगत हुनेछ ।

शैक्षिक सामग्री प्राप्त गरेका गरिब तथा जेहेन्दार विद्यार्थीले खुसि व्यक्त गर्दै सहयोग सानो वा ठूलो होस त्यसले अध्ययनमा सकारात्मक प्रभाब पार्ने बताए । उनीहरुका अनुसार नेताहरुले भाषणको सट्टा सानोदेखि ठूलो सहयोग गर्ने हो भने परिवारमा आर्थिक भार कम हुनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…