
पोखरा भ्यूज
पोखरा । गण्डकी प्रदेश आमसञ्चार नियमावली, २०८१ को मस्यौदामा सरोकारवालाहरूबीच छलफल भएको छ । गण्डकी प्रेस रजिष्ट्रार कार्यालयले वुधबार पोखरामा आयोजना गरेको छलफलमा नियमावलीको मस्यादामाथि छलफल भएको हो ।
गण्डकी प्रदेशको आमसञ्चार ऐन २०८० को दफा ६१ ले दिएको अधिकारी प्रयोग गरी उक्त नियमावली बनाउन लागिएको हो । गण्डकी प्रदेश सकारले तयार पारेको नियमावलीको मस्यौदा छ वटा परिच्छेद र ३३ वटा नियम समेटिएको छ । छलफलका सहभागीहरुले नियमावलीको मस्यौदामा ऐनसँग बाझिएका केही नियमहरू संशोधन गर्न सुझाउ दिएका छन् ।
छलफलमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश तथा नेपाल पत्रकार महासंघ कास्कीका पदाधिकारी र पूर्वपदाधिकारी समेतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । छलफलपछि समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश रजिष्ट्रार विमला भण्डारीले मस्यौदामा भएका छलफल र प्राप्त सुझाउलाई समेटर मस्यादामा थपघट गरी पुनः सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुग्ने जानकारी दिइन् ।











