
पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सप्ताह बुधवारदेखि सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्दै विद्यालयका संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्काले विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले बार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् संचालन गरिएको वताइन् ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल बिकल पौडेलले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न खेल अभियानमा जोड दिएको वताउदै खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आबश्यक पर्ने बताए ।
कक्षा ११ र १२ का संयोजक बिष्णुहरि पौडेलले शुभकामना दिदै खेलमा उत्कृष्टता हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गरे । कार्यक्रमको सञ्चालन गर्दै अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले कार्यक्रममाथि प्रकाश पारेका थिए । स्कुल क्याप्टेन आसिका तामाङले शुभकामना मन्तव्य राखेकी थिइन् ।
सञ्चालक अध्यक्ष देवी खड्का र प्रिन्सिपल बिकल पौडेलले संयुक्त रुपमा बास्केटबल प्रशिक्षक निबृत्ति शर्मालाई बल हस्तान्तरण गरी खेलको सुरुवात गरिएको थियो । खेलकुद अन्तरगत विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल,लङजम्प, बेलुन फुटाई, तातोआलु, बास्केट बल लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने वताइएको छ ।





