68Shares

हुन त सपना सपनानै हो । हामी कतिपयले सपनाको बिश्वास गर्छौ त कतिले ह्या जाबो सपना भन्ने गर्छौ । कुनै सपना यस्ता हुन्छ्न कि निन्द्राबाट बिउँझे पनि फ़ेरि तेहि सपना देख्न पाए जस्तो लाग्छ । तर कुनै सपना भयावह र डरलाग्दा हुन्छन् । म सपनाको केही बिश्वास लाग्ने भएकोले आज सपनाका बारेमा केही लेख्न मन लाग्यो । जब म ब्याचलर डिग्री अध्ययनमा थिए कयौं पटक गणितको एउटा समस्या समाधान गर्न खोजे तर असफल भए , तेहि रात त्यो समस्या सपनामा गरे र ब्युझिएर हिसाब गर्दा मिल्यो मेरो यो समना अविश्मर्णिय छ ।
हामिले धेरैजसो सपना देखिरहेका हुन्छौ । कहिले राम्रा सपना देख्छौ त कहीले नराम्रा पनि । हामिले कस्तो सपना देख्दा के फल पाइन्छ भन्ने जान्ने इच्छा पनि सबैलाई हुन्छ । ज्योतिष शास्त्रका अनुसार केही यस्ता सपना छन् जुन देख्दा हामिले राम्रो फल प्राप्त गर्छौ । त सपनाले हाम्रो भाग्न नै बदल्ने गर्छ । शुभ सपनाले काम सम्पन्न हुने संकेत पनि गर्छ । शास्त्रका अनुसार सपनामा पनि स्पष्ट देखियको सपना, राम्ररी सम्झना भएको सपनाले, उत्तम,फल दिन्छ, जुन सपना रातको पहिलो प्रहरमा देखिन्छ , त्यो १ बर्षमा फल दिनेखालको हुन्छ
दोस्रो प्रहरमा देखेको सपनाको फल ८ महिनामा प्राप्त हुन्छ,तेश्रो, प्रहरमा देखेको सपनाको फल ३महिनमा प्राप्त हुन्छ ,चौथो प्रहरमा देखेको सपनाको फल १५ औ,दिनपछि पाइन्छ ,अरुणादयको [ सुर्य उदाउन भन्दा केहि पहिला] देखेको सपनाको फल १ दिनमै दिने खालको हुन्छ ]
यस्तो सास्त्रीय मन्नेता छ । दिनमा मनमा आएका अनेक तर्क बितर्क वृतान्त हरु राति सपनामा देखियो भने ,सधै रोग या चिन्ताले ग्रसित छ भने, होस् हरायको,सार्है डरायको दिशा पिसाब,ले च्यापेको,नांगै वा कपाल फुकायर सुतेको वा सुतेकी, यस्ता जनहरुले देखेको सपनाको फल निष्फल हुन्छ।
जसले राम्रो सपना देखेर पनि निद्राको बेगमा फेरी सुत्यो भने , तथा रत्रिमै सपना सुनायो भने , त्यस्ता व्यक्तिले सपनाको कुनैपनि फल पाउदैन आफु भन्दा उमेरमा सानो, वा घटिया मत, मान्ने वा नराम्रो,बाटो लागेका जनहरु लाई सपना सुनाय भय प्राप्त होला भन्ने गरिन्छ ।
नराम्रो सपना सुनाउने कोइ इच्छित व्यक्ति नपाय आफुले पुज्ने इष्टदेब या भगवानलाई सुनाउनु , भन्ने शास्त्रीय मान्येता या कथन छ ।

सपनाहरुको फल

१) हात्ती घोडा पर्बत देबल दुहुनीगाई रुखमा चढेको, अग्लो ठाउमा गएको अथबा त्यहि बसेर केहि खाएको ,रोयको देख्यो अथबा धन बाडेको,हातमा बिणा लियको बेलपत्रको वृक्ष आदि देखेमा भुमि लाभ होला,
२)हातहतियार ले चोटपटक लागेको, किरा परेको, रगतमासी, परेको,रगत मुछीयको देखेमा धनबान भइन्छ ।
३) अगम्य गमन गरेको ,सपना देखेमा राम्री स्वास्नी पाइन्छ , आफ्नो या अर्काको पिसाब शरीरमा छरेको देखेमा, आफ्नो या अर्काको विर्य खाएको देखेमा मलमुत्रमा गाडिएको देखेमा कुनै रत्नयुक्त शहरमा गयको ,समुन्द्र भित्र पसेको ,मदिरा पान गरेको , सपना देखेमा ,राम्रा राम्रा कुराहरु सुन्न पाइन्छ ,अनि प्रसस्त धन पनि पाइन्छ,।
४) सुबर्ण गोरु अन्न बत्ती, कन्या ध्वजा रथ फलफुल छाता आदि सपनामा देखे त्यसका परिवार बढ्नेछ, यसकृति फैलेने छ।
५) जलपूर्ण घडा,ब्रह्मन,बलेको आगो ,फुल उतम घर सेतोधान,नट बेस्या, सपना मा देखे धन लाभ होला ।
६) सपनामा घ्युदुध नर पर्बत मन्दिर अग्लो स्थानमा गएको देखे पुण्यकार्य सम्भब छ ,इच्छित कार्य सफल होला धन लाभ पनि सम्भब छ ।
७)जसले सपनामा कमलको पातमा ,नदी तिरमा बसेर दहि घ्यु मिष्ठान्न आदि खाएको देख्छ , त्यो अबस्य ठुलोमान्छे , या मन्त्री राजनेता बन्ने छ ।
८)जसले सपनामा मनुष्य या पन्छीको मासु देख्ला, त्यसले शुभ समाचार सुन्ला मनले चितायको उत्तम फल पनि पाउला ।
९ ) अर्काले दान दिएको छाता ओडी सपनामा जसले जुत्ता पहिरिएर प्रस्थान गर्ला त्यसले बिपनामा पनि त्यसै गरि हिड्न पाउने छ,यदी सपनामा राम्रो तरबार पायो भने त्यसका सत्रु नाश हुने छन या गर्ने छ ।
१०) यदी कसैले सपनामा आफु सरदार भएर ,सेना पछी लगाई हिडेको देख्छ भने , बिपनामा पनि त्यस्तै हुनेछ ,फलफुललागेको वृक्षदेख्यो भने धन प्राप्त हुने छ ,
११) यदि कसैलाई सपनामा सर्पले टोक्यो भने अकस्मात धन लाभ हुने छ , चन्द्र सुर्य देखे कठिन रोगबाट मुक्त पाइने छ ।
१२) पन्छी हरु को जोडी घोडी कुखुरी आदि जसले सपना देख्छ त्यसले बिपना मा राम्री पत्नी पाउन सक्छ ।सपनामा झ्यालखानमा परेको , देखेमा ठुलोमान सम्मान र उत्तम,छोरो पाउन सक्छ ,
१४) जुका सर्प बिच्छी आदि सपनामा देखेमा, धन पुत्र विजय प्रतिष्ठा आदि अबस्य पाउने छ ।
१५) जसले दाह्रा भएको सुगुर सिंग हुने जनावर,बानर आदिले कष्ट दिएको सपना मा देख्ला त्यो अकस्मात धन पाएर धनाढय हुन्छ ।
१६) माछा मासु मोति शंख श्रीखण्ड हिरा जसले सपनामा देख्छ ,वा प्राप्त गर्छ ,त्यसले इच्छित सम्पति अनयासै प्राप्त गर्छ।
१७) रक्सी रगत बिष्टा सुबर्ण यदी सपनामा देख्यो भने अबश्य धन पाउछ, देब प्रतिमा.वा शिबलिंग देखे पनि विजय र धन लाभ गर्ला ।
१८) यदी सपनामा बेलको वृक्ष फलेफुलेको आप को वृक्ष जसले देख्छ त्यसले अकास्मात धन पाउला बलेको आगो देखे धन बल बुद्धि एसुर्य सहजै प्राप्त गर्ने छ ।
१९) अमलाको दाना ,लप्सी रातो कमल पुष्प देखे ,त्यसले धन पाउने छ देवता विप्र पितृ गाईर योगिजन्ले सपनामा जे जे दिन्छन , त्यहि बस्तु बिपनामा पनि अबश्य प्राप्त हुने छ ।
२०) सपनामा सेतो बस्त्र पहिरेकी माला पनि सेतै धारण गरेकी अथबा पहेलो माला कपडा गरगहना चन्दन लगाएकी स्त्रिजनले अंकमाल गरेको देखे, लक्ष्मीप्राप्त हुने छन चारैतिर् बाट सुख सान्ति प्राप्त गरि कल्याण हुने छ ।
२१) सपनामा श्वेतबस्तु, जस्तै हाड खरानी रुइ, बाहेक क अरु सेता बस्तुहरु उत्तम फल दएक हुन्छ सपनामा राम्रा लुगा गहना लगाएकी नारी हरु या ब्रह्मन हरु जसको घरमा हास्दै पस्दछन त्येसले जे चिताय पनि पुग्छ , वा प्राप्त गर्न सक्छ।

यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छ:🤣🤣🤣

१) सर्प म’रेको देखेमा मृत्युको भय हुन्छ ।
२) माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
३) बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
४) सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।
५) रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
६) सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
७) सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
८) दुब्लो गाई वा गोरु देखेमा दु:ख कष्ट हुन्छ ।
९) सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।
१०) कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।
११) सपनामा बन्द ढोका देखेमा हैरानी वा दु:ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वाझन्झट हुन्छ ।
१२) दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।
१३) घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
१४) भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।
१५) म’रेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।
१६) रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।
१७) सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
१८) सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
१९) हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।
२०) मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।
२१) सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।
२२) विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।
२३) सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको का”टिएको देखेमा अनिष्ट हुन्छ ।
२४) आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।
२५) सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।
विभिन्न पाठ्यपुस्तक र पत्रपत्रिका को अध्ययन पश्चात् केही सपनाहरूको सुभ फल र केही सपनाहरूको असुभफल लाईलाई प्रस्तुत गरेको छु । सपना प्रती बिश्वास र अबिश्वास हुनेले अध्ययन गर्न सक्नुहुनेछ ।

 

68Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected