२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

फोटो प्रतियोगितामा प्रदिप श्रेष्ठको फोटो उत्कृष्ठ

पोखरा भ्यूज
मंसिर २ ,पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटो प्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ।
फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथो साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो।

संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार सय तस्बिरहरु सहभागि गराईएको थियो ।

मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा सर्बौकृष्ठ भएका प्रदिप श्रेष्ठ ले रु १५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र पाएका छन् । तेसैगरी नेचर एण्ड लैण्डस्केप बिधा तर्फ सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट बन्दै नगद रु १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएका छन्।

मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता तर्फका अलग अलग पाँच बिधा तर्फ ब्राइड एण्ड ग्रुम पोट्रेट बिधा तर्फ सर्वोत्कृष्ट नन्दु श्रेष्ठ, उत्कृष्ठ पाँचमा अबी घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, संन्देश थापाले बाजी मारे । बेष्ट कलरिड एण्ड रिटचिड तर्फ सर्वोत्कृष्ट अबी घिमिरे, सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ठ पाँच मा पर्न सफल भए।

बेष्ट मोमेन्ट क्याप्चर तर्फ उत्कष्ठ सुशील अधिकारी फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल, रामचन्द्र पोखरेल उत्कृष्ठ पाँचमा पर्न सफल भए । कपल पोजिड अन वेडिङ डे तर्फ सवातर््ेकृष्ठ मा कृष्ण सापकोटा नन्दु श्रेष्ठ, पूरन थापा, बिसाल तामाङ, उदय थुलुङ उत्कृष्ठ पाँचमा पर्न सफल भए ।

यसैगरी टिपीकल कल्चर तर्फ सर्वोत्कृष्ट प्रदिप श्रेष्ठ भए भने अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ठ पाँचमा पर्न सफल भए ।

तेसैगरी नेचर एण्ड लेण्डस्केप बिधा तर्फ उत्कृष्ठ पांचमा पूर्ण बहादुर मौराती, राकेस गुरुङ, एलेक्स नेपाली, बिस्वास, बव शाई का तस्बिरले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

निर्णायक समितिले छनौट गरि सिफारीस गरेका तस्बिरहरुलाई कार्यक्रममा घोषणा सहित पुरस्कार वितरण गरिएको कुरा प्रतियोगिता संयोजक भक्त तामाङले बताए ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्र ले सम्मान गरेका थिए ।

कार्यक्रमा बिशिष्ट अतिथि प्रेस रजिष्टार बिमला भण्डारी, कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी, अतिथि कृष्ण प्रसाद बांस्तोला, कमल पौडेल अथक, दिगम्वर राजबंशी,श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे, प्रेम प्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदिप श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका गतिबिधि साथै फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले प्रष्ट पारेका थिए भने उपाध्यक्ष नारायण बहादुर केसीले धन्यवाद मन्तब्य राखेका थिए। कार्यक्रममा सचिवको प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो  ।

कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षता, संस्थाका सचिव तुलसी राम सुवेदीको संचालन रहेको थियो ।

शनिवार नै फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा ११ पदेन जिल्ला संसोजक सहित ३१ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्य समितिमा अध्यक्ष नारायण बहादुर के. सी., बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवन ढुंगाना, तृतिय उपाध्यक्ष घनश्याम पौडेल, महासचिव प्रेम प्रसाद पराजुली, सचिव नारायण गौतम, कोषाध्यक्ष रामचन्द्र पोख्रेल सह-कोषाध्यक्ष सुरेश रेग्मी, सदस्यहरुमा राममणी पौडेल प्रदीप पाठक, राजन अधिकारी, गणेश गैह्रे, आत्मराम पौडेल, बिकास खाँड रहेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…