
पोखरा भ्यूज
पोखरा, ६ मंसिर । मंसिर २८ र २९ गते पर्वतमा हुने तेस्रो क्याविनेट मिटिङलाई भव्य रूपमा सम्पन्न गर्न पोखरेली लायन्सलाई निम्तो गरिएको छ । तेस्रो क्याविनेट मिटिङमा उल्लेख्य सहभागिताका गराई आयोजकको हौंसला प्रदान गर्नका लागि पोखरेली लायन्सलाई निम्तो दिन बुधवार पोखरा आएको तेस्रो क्याविनेट मिटिङ मूल आयोजक समितिका संयोजक एवं डिष्ट्रिक्ट को–अर्डिनेटर अर्जुन पौडेल ‘निर्जन’ले बताए ।
पौडेलले भने, ‘तयारी तीव्र गतिले अघि बढ़ेको छ, तयारी कै क्रममा पोखरा क्षेत्रमा रहेका लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन्स लिडरहरूलाई विशेष निमन्त्रणा दिन पोखरा आएका हौं ।’ मिटिङ तयारीका लागि अर्जुन पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी विभिन्न ७ वटा समिति समेत गठन गरिएको छ ।
मिटिङका लागि आवश्यक तयारी द्रुत गतिमा अगाडी बढ़ेको आर्थिक उप–समितिका संयोजक धनराज बि. पौडेलले जानकारी दिए । उनले भने, ‘कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको छ, कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न हामी तयारीमा जुटिरहेका छौं ।’ धनराज बि पौडेल संयोजक रहेको अर्थिक उप–समितिमा संबिधान गिरी, रुचीला सापकोटा, लिला दवाडी र डम्बर गिरी रहेका छन् ।

‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ’ मिटिङका लागि आर्थिक उप–समिति संयोजक धनराज बि पौडेलले भने ‘रजिष्ट्रेसन उप–समितिले आफ्नो कामलाई अगाडी बढ़ाएको छ ।
प्रि–रजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर जनार्जन फुयालको संयोजकत्वमा सो एरियाका सम्पूर्ण रिजन चेयरपर्सन र गण्डकी क्षेत्रमा डिष्ट्रिक्ट को–चिफ एडभाईजर अमृत शोभा खत्रीको संयोजकत्वमा सो एरियाका रिजन चेयरपर्सनलाई जिम्मेवारी प्रदान गरिएको जोन ३ का जोन चेयरपर्सन डासीराम अधिकारीले जानकारी दिए । ‘डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई फोनमार्फ़त निमन्त्रणा गर्ने छौं, हामी विश्वस्त छौं, उल्लेख्य सहभागितामा तेस्रो क्याविनेट मिटिङ सम्पन्न गर्नेछौं । सहभागिताका लागि सबैलाई निम्तो दिदै भने ,’यो कार्यक्रम पर्वतस्थित चार वटा क्लबले आयोजना गरेको भएता पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको कार्यक्रम हो । त्यसैले, कार्यक्रममा सहभागी भइ दिन सम्पूर्ण लायन्स सदस्यहरुलाई अनुरोध गर्दछौं।’
दुई दिनसम्म चल्ने बैठकले जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देश प्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । कार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेछन् ।ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको मूल आयोजक समितिकासंयोजक अर्जुन पौडेलले बताए । बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ।
मूल आयोजक समितिका संयोजक अर्जुन पौडेलको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको प्रमुख आतिथ्यता सम्पन्न तयारी भेलामा पोखरा क्षेत्रका सिनियर लायन्स लिडरको सहभागिता रहेको थियो ।
भेलामा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले डिष्ट्रिक्ट बाईफर्गेसन पछि पर्वतमा पहिलो पटक क्याविनेट मिटिङ हुदैछ । लायन्सलाई ब्राण्डिंग गर्नका लागि यस कार्यक्रम कोशेढ़ुङगा सावित हुनेमा विस्वस्त रहेको बताउदै उपस्थित क्लब अध्यक्षहरूलाई धेरै भन्दा धेरै प्रि–रजिष्ट्रेसन गरेर आयोजकलाई हौशला प्रदान गर्न आग्रह समेत गरेका थिए । क्लब सदस्यहरूको उल्लेख्य सहभागिता गराई फेलोशिप गराउने अवसरको सदुपयोग ग़र्न समेत सुझाएका थिए ।
पछिल्लो समय पर्वतमा साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजार आसपासमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, बन्जीसँगै पुलबाट हाम फाल्ने साहसिक खेल स्विङ, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुपै साहसिक खेल संरचनाहरूले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरेको संयोजक पौडेलको भनाई छ ।











