22Shares

पोखरा भ्यूज
पोखरा, ६ मङ्सिर । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा आज सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ ।

वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशिला नेपालीले जानकारी दिईन् । कार्यक्रमको प्रभावकारिता अभिबृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा महानगरपालिका वडा नं २८ कृषि, पर्यटन लगायतका क्षेत्रमा धेरै सम्भावना बोकेको बताउँदै यहाँको सम्भावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा जोड दिनुपर्ने बताए । प्राकृतिक स्रोतको दीगो प्रयोग, बन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुधार गर्नुपर्नेमा जोड दिदै उनले पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्नु जरुरी भएको धारणा राखेका थिए । पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राको डाँडा, चिन्तेको डाँडा हुँदै रोयल ट्रेकलाई प्रवद्र्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आयआर्जन बढाउन सकिने उनको भनाइ छ । पोखरा २८ मा कृषिका सम्भावना बारे उनले प्रकाश पारेका थिए ।

पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामछानेले वडा भित्रका हरेक सम्भावनालाई उजागर गर्ने गरी लागिएको बताए । पछिल्ला समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको चर्चा गर्दै उनले स्थानीय जागरुकता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने बताए । कृषि उत्पादनको बजारीकरणका माध्यमबाट स्थानीयको स्वरोजगार अभिबृद्धि गर्दै आय आर्जनमा टेवा पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।

22Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected